Jan 9, 2009

संस्कृतिमा रमाउँदै किराँती





संस्कृतिमा रमाउँदै किराँती - सबिना सिन्धु



राई लिम्बु जस्ता देखिने युवा-युवती मस्तसँग नाचिरहेका थिए । बेमौसम नै भए पनि आकाश कालो भएर पानी वर्षिन थालेको थियो । युवा-युवती कति पनि बिचलित थिएनन् । बरु रमितेहरु छाता ओढेर भएपनि मनोरन्जन लिइरहेका थिए । ूबिहानै देखी पो शुरु भएको रहेछ त नाच !ू गोलमटोल अनुहार र स्टाइल पारेर छोट्याइएको कपाल भएकी राम्री युवतीले भनिन् ।ू छोटो टिसर्ट निलो जिन्समा सजिएकी ती युवतीलाई नृत्य पोशाकको आवश्यकता परेन । उनी नाच्नेहरुको हुलमा मिसिएर नाच्न थाल्दा मात्र थाहा भयो उनी नाच्न खप्पिस रहिछिन् । बैशाख पूर्णीमा र मंसिर पूर्णिमाको अवसर पारेर राइ लिम्बु सुनुवार र याख्खाहरुले मनाउने रमाइलो पर्व रहेछ यो साकेला÷साकेवा पर्व । नयाँ पुस्ता पनि आफ्नो संस्कृति प्रति यति साह्रो सजग होलान् भन्ने लागेको थिएन । पानी रोक्किइसकेको थियो । दुइ चार जना चिने जानेका साथीहरु देखिन थाले । ती मध्ये कोही त्यही हुलमा गएर नाच्न थाले । कोही थपडी बजाएर रमाइलो गर्न थाले । एक दुइ पटक साँस्कृतिक कार्यक्रम हेर्न जाँदा संयोगबस् यो नाँच पनि हेर्ने मौका पाएको थिएँ । ूआउनुस् न बहिनी तपाईँ पनि नाच्नुसू मेरो हात तान्दै एक अधबैंशे महिलाले भनिन् । ूनाच्न होइन म त नाच हेर्न आएको हुँू मैले भनेँ । उमेर पुगेका युवा युवतीको त कुरै छोडौं सात -आठ वर्षका बालबालिका पनि नृत्य पोशाक लगाएर उस्तै गरी नाचिरहेका थिए । यस पर्वलाई उधौली र उभौली गरी दुई भागमा विभाजन गरीएको रहेछ । बाली लगाउने मकै रोप्ने समयमा प्रकृतिको पूजा गरी प्रकृतिलाई खुशि पार्नको लागि वैशाख महिनामा र अन्नबाली पाकी सकेपछि प्रकृतिलाई कृतज्ञता ज्ञापन गर्न अन्न चढाउँदै मंसिर महिनामा मनाईँदो रहेछ । वैशाखमा मनाइने पर्वलाई उँभौली र मंसीरमा मनाइनेलाई उधौली भनिँदो रहेछ ।

ूराइ लिम्बु सुनुवार याख्खा आदि जातिको नृत्य गर्ने शैली भिन्दा-भिन्दै हुन्छ ।ू नृत्य हेर्न आएका चन्द्रवीरले भने । साँस्कृतिक पर्व हुँदा-हुँदै यो मनोरन्जनात्मक पर्व पनि हो । समयको माग अनुसार आफुलाई परिमार्जित गदैर््र आएका यस समुदायले आफ्नो संास्कृतिक चेतना नयाँ पुस्तामा सन्चार गर्न भुलेका रहेनछन् भन्ने कुरा कलिला बालबालिकाले पनि नृत्य प्रस्तुत गर्न खोजेबाट प्रष्टिन्छ । पन्ध्र दिन सम्म मनाइने यस पर्वले प्रकृतिपूजा अथवा प्रकृति प्रति विशेष आस्था राखेको छ । किराँतीहरु पारोहाङ्ग अर्थात शिव र सुम्निमा अर्थात पार्वतीलाई सम्झिन्छन् । यस बाहेक कुल पूजा गरी मृतात्माको शान्तिको कामना गरिन्छ । समाज र राष्ट्रमा शान्ति होस् मानसम्मान इज्जत कमाई्र हर्ताकर्ता हुन पाइयोस् भनी बाजागाजा सहित धर्तीमाताको पूजा गरी साकेला नाचिन्छ । नृत्य गर्दा बीचमा खम्बा गाडी त्यसमा स्याउला बाँधेर सामुहिक रुपमा फूलपाती लिई वृताकार घेरोमा बसी नृत्य गरिन्छ । एक परिवारबाट कम्तिमा पनि एक जना नृत्यको निम्ति सामेल हुनुपर्छ । युवा बृद्ध महिला पुरुष सबैले उत्साहपूर्वक मनाउने यस चाडले किराँती समुदायको धार्मिक र साँस्कृतिक परम्परालाई सुदृढ बनाउन सहयोग पुर् याएको देखिन्छ ।

साँस्कृतिक अधिकारको नारा सहित किराँत राईले यस अवसर पारेर मोटरसाइकल र् यालीको आयोजना गरेका थिए । ललितपुरको महालक्ष्मी स्थानबाट प्रारम्भ भएको उक्त र् यालीको आयोजना ुयायोक्खाु संस्थाले गरेको थियो ।




No comments: