Jan 9, 2009

घनश्यामको कोपिला


घनश्यामको कोपिला br>
चाहे आओस आँधिबेरी चाहे परोस् झरी

सँधै भरि परिश्रममा जुटेकै छ मौरी ।

- माहुरी कविता पृष्ठ ५



घनश्याम खड्काको कोपिला बालकविता सङ्ग्रहबाट उद्धरित अंशहरु हुन् यी । बालक झैं बनेर युवा कविले तीसवटा कविता रचेका छन् । हिउँद जून मौरी पानी तुषारो फूल तोरिबारी हिमाल जस्ता समान्य विषयवस्तु कविताका शिर्षक बनेका छन् । विद्यालय पढ्ने जुनसुकै उमेरका बालबालिकाले पनि यसलाई रुचाएर पढ्न अथवा बुझ्न सक्ने छन् भन्ने आशा लिन सकिन्छ । कवितासंगै रमाइला तस्विरहरु छन् जसले बालबालिकालाई आकर्षित तुल्याउँछ । ुमेरो कुराु शिर्षक दिएर घनश्याम आफ्ना भावना बालबालिकासंग यसरी पोख्छन् ूचित्रको आकाश झन् बढी रङ्गीन हुन्छ रे । कथाको राजकुमार झन् बढी सुन्दर । तिमीले देखिराखेको ुजूनु पनि कवितामा झन् बढी चहकिलो हुन्छ ! कला भनेको यस्तै हो । देखिराखेकै कुरा नौला र राम्रा लाग्छन् । ू हुन त घनश्यामको यो ब्यक्तिगत भनाई हो तर यर्थाथमा बालबालिकाका लागि चित्र अङ्कित कविता रमाइला लाग्छन् जसले मनोरन्जन र बौद्धिकता दुवै प्रदान गर्छ । हिउँद शिर्षक कवितामा आमाले हिउँदको बखत छोरालाई गलबन्दी लगाईदिन बोलाएकी छिन् । हिउँदमा रातभरि शीत पर्छ र दिउँसो पनि बादल लाग्न थाल्छ । हातखुट्टा कठ्याङ्गि्रने र ओठ फुट्ने समस्या देखा पर्छ । यस्तो समयमा भाइबहिनीले न्यायो गरेर बस्नु पर्छ । ुखरायो हो चलाखु शिर्षक कवितामा कान ठाडो पारेर खरायो आउँछ र कवि पक्कै डरले गर्दा यसको कान ठाडो भएको होला भन्ने अन्दाज लगाउँछन् । बाँझो खेतलाई रोपेर अन्न फलाउने परिश्रमी किसानले गरेको माटो प्रतिको मोह छ ुकिसानु कविता भित्र ।

बालबालिकाका लागि घर पछिको अर्को प्यारो घर मामाघर हो । उनीहरुले मामाघर जाने चाहना राख्छन् । यस्तै चाहनाको प्रतिबिम्ब भेटिन्छ ुमेरो मामाघरु कवितामा । बाख्राको पाठोलाई केटाकेटीको भाषामा ुमनेु भनिन्छ । मनेसँग खेल्न पाएर दङ्ग परेको बालकको चित्रण छ ुमने मेरो साथीु कवितामा । त्यस्तै ुमेरी हजुर आमैु भित्र हजुरआमाले नाती प्रति ममता पोखेकी छिन् । मिलनसार साथीको खोजी भएको छ ुसाथी हुन् त असल ु भित्र । ुघडी चरोुले समयको मूल्यलाई अवगत गराउँछ ुहिमालुले प्रकृति प्रति केटाकेटीको उत्साहलाई बढाउन खोजेको छ र ुदेखें सपनीुले सपनामा डरलाग्दो कुकुरले टोकुँलाझैं गरेर हेरेकोले सपनीमै रोएको रमाइलो प्रसंग छ ।

बत्तीस पृष्ठको यस कविता सङ्ग्रह भित्र समेटिएका कविताहरु सरल र सरस छन् तर कविताका लागि चित्र बनाउने चित्रकारको नाम भने कहीँ कतै उल्लेख छैन । विवेक सिर्जनशील प्रकाशन प्रा।लि।ले प्रकाशनमा ल्याएको यस कविता सङ्ग्रहको मूल्य रु तीस राखिएको छ ।


No comments: