Jun 2, 2014

कपमा उभिएको अस्थिपञ्जर



 

                              
                               Pic Source : http://www.glitters123.com/glitters/sad/
                                                                     — सबिना सिन्धु                     

साँच्चै किताब पढ्दै थियौ नि !
कति पृष्ठ पढ्यौ र जाँच्यौ आफ्नै हालत ?
शुन्य — शुन्यमा निर्वाह गयौ शब्दको प्रहार 
र चपाउँदै चेतनाहिन एकाग्रता, चर्कियौ समयको छातीमा । 

बत्ति निभेको एक साँझ, 
धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला
र जम्दै गएको धुजाधुजा शब्दलाई सोहोर्दै,
सिरानमा राख्यौ मैन भन्दा धेरै पर,
मेरो तस्विरमा पोखिएका रङ्गलाई ।

भिन्दा— भिन्दै थिए प्रत्येक उतारचढावका किस्ताहरु ।

तैपनि, फे¥र्यौ आत्मियताको श्वास तर जित्न सकेनौं मलाई 
र गन्तब्य हराएर निस्सासियौ मेरो पच्छ्यौरीको किनारमा ।  
अन्तत ः च्यातियौ धुजाधुजा भएर ।

वा भनौं,
घिस्रियौ नियतिका डोबहरुमा पहिरोका छिटाहरुसँगै,

........अनि  गहभरी भिजायौ हगी, 
एक ढिक्का सम्वेदनसिलतालाई उही रैथाने आँसुमा ।

ठिक 
त्यसैबेला 
मेरो नजिकै डुब्यौ तिमी,
मेरो.............. कफिको............ कपमा 
एक ढिक्का संझना भएर ।  

‘उभियो’ कफिको झोलमा,  
.......... तिमी होइन तिम्रो अस्थिपञ्जर ।

सोचेँ यतिखेर तिमी किताब पढ्दै हौला ।