Feb 11, 2009

एक पुस्तक र एक लेखक
- सबिना सिन्धु



सारा धक फुकाएर

आफैंलाई उप्काएर

कागज भित्र कोरिन्छ

अक्षरका ती लामहरुमा ।



तर्क र विर्तकको संज्ञा लगाई

शब्द र परिभाषाहरुबाट

झोल झैं ऊ छानिन्छ

मस्तिष्कका रङ्गिन जालीहरुमा ।



बाक्यांशका लहरहरु भित्र

अक्षरका मूल्यहरुमा

प्रत्येक पल्ट ऊ फेरिन्छ

हेराइ र दृष्टिको मोलमा



भिन्न प्रकाशमा

भिन्न मुहारका

आँखाका अनौठा स्पर्शहरु पश्च्यात

सुरक्षित साथ सेफ र र् याकमा सजिन्छ ऊ ।