Mar 19, 2009

ब्रेन बल (बाल कथा )


बालकथा




ब्रेन बल - सबिना सिन्धु



अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको प्वाल टालिदिए । त्यस वस्तुलाई 'ब्रेन बल' भनियो । शैलीको मस्तिष्क ब्रेन बल भित्र सर्यो र उसले आफ्नो लम्पसार परिरहेको शरीर देखी । स्थानान्तरण हुन सक्ने टाउको भित्र सिमित हुनु परेकोमा शैलीलाई ज्यादै दुख लाग्यो । उसले आफू हल्लिन खोजी र मस्तिकमा रहेको गीलो पना महशुस गरी । तर एकैछिन पछि डाक्टरले शैलीको मस्तिष्कलाई शरिरमा जोडे । अब शैलीको टाउको र शरीर एकै ठाउँमा भयो । डाक्टरले इन्जेक्सन लगाईदिएको केही क्षण पछि ऊ सम्हालिएर उठी । उसको वास्तविक टाउको अपरेसन कक्षमा रहेको मध्यम साइजको टेबुल माथि राखिएको थियो । वास्तविक टाउको राखेर अपरेसन सफल नभएपछि शैलीमा ब्रेन बल प्रत्यारोपण गरिएको थियो ।

अपरेशन कक्षबाट बाहिर निस्किँदा भित्तामा टाँगिएको ऐनामा उसले आफ्नो मुहार हेरी । ऐनमा देखिएको अनुहार पहिलेको उसको अनुहार जस्तो थिएन । "अब स्कुलका साथीहरुले मलाई चिन्दैनन् । घर नजिकैका साथीहरु माझ पनि अब म बिरानो बन्नेछु । साथीहरुलाई म शैली नै हो भनेर कसरी विश्वास दिलाउने होला" उसले मनमनै भनी । आफू जिवित हुन पाएकोमा भने उसलाई साह्रै खुशि लागेको थियो । केही दिन अघि भएको दुर्घटनाको कारण उसको मस्तिष्कको केही भाग क्षति भएको थियो । त्यसैले ऊ अस्पतालमा थिई । साँच्चै म बाँचेको छु । शैलीलाई रमाइलो लाग्यो ।

दौडिन खोज्दा ऊ लड्न पुगी । त्यसपछि झस्याङ्ग भई । बिहान भईसकेको रहेछ उसले यो सबै त सपना पो देखेकी रहिछ । ऐनामा हेर्दा शैलीको अनुहारमा कुनै परिवर्तन आएको थिएन । Accident, हस्पिटल, मस्तिष्क प्रत्यारोपण, ब्रेन बल ती सब त सपना पो रहेछन् । शैली विज्ञानका कुराहरु चासो दिएर पढ्ने गर्थी । हिजो बेलुकी विज्ञान पुस्तकमा लेखेको मस्तिष्क सम्बन्धि जानकारी पढेकी थिई । त्यसपछि उसले धेरैकुरा सोची । ऊ नयाँ-नयाँ कुराहरु आविष्कार गर्ने वैज्ञानिक हुन चाहान्थी । नयाँ फर्मुला प्रयोग गरी औषधिहरुको निर्माण गर्न सके कस्तो हुन्थ्यो संसारमा नयाँ कुराहरु पत्ता लगाउन पाए उसको सोचाई यस्तै तिर जान्थ्यो । शैलीले फेरी 'ब्रेन बल' सम्झी । मानिसको टाउको को स्थानमा कतै यसैगरी ब्रेन बल अथवा अन्य केही प्रत्यारोपण गर्न सम्भव छ शैलीले निकै बेर सोची र निर्कोल निकाली अहिले सम्भव नभए पनि भविष्यमा कसो नहोला !

जूनटिकी (बाल कथा )


बालकथा - सबिना सिन्धु

मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानीकहरुले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई बैज्ञानीकहरुले खेलौनाको रुपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको पछाडि पट्टी ब्याट्री राख्ने ठाउँ थियो । त्यसमा ब्याट्री राखेपछि म सुरीलो भाकामा गीत गाउन सक्थेँ । एउटी सानी केटीको स्वर मेरो शरीरमा रहेको साउन्डबक्स भित्र रेकर्ड गरिएको थियो । ती केटीको नाम कि्रस्टिना थियो । उनी वैज्ञानीक डब्लु। डब्लु। एच। की छोरी थिइन् । मेरो निर्माणकार्यमा अमेरीकी नेपाली फ्रान्सेली वैज्ञानिकहरु संलग्न थिए । मेरो नाम सर्वप्रथम प्रस्तावित गर्ने नेपाली बैज्ञानिक नै थिए । एकदिन बैज्ञानिक डब्लु। डब्लु। एच। लगायत दर्जनौं बैज्ञानिकहरुको बैठक बस्यो । ती वैज्ञानिकहरुले मेरो शरीरमा तराहरु जडान गर्नु भयो । मलाई ठूलो आकार दिनुभयो । म अब कि्रस्टिना जत्रै देखिने भएँ । म रिमोटबाट चल्थेँ । ठूला ढुङ्गाहरु उचाल्न सक्थेँ । टे्र माथि चियाहरु बोकेर सबैलाई चिया बाँड्न सक्थेँ । किस्टिनाको जन्मदिनको दिन उसले मलाई हाँगा माथिको फूल टिप्न लगाएकी थिई । उसले रिमोट थिची । मैले आफूभन्दा धेरै अग्लो रुखको हाँगाबाट फूल टिपेँ । किस्टिनाले आफैंले माला उनी । त्यसदिन सबै निम्तालुृहरुको अगाडि मैले उसलाई माला लगाइदिएँ । उसले मख्ख पर्दै मलाई धन्यबाद ! जूनटिकी भनी । सबैले रमाइलो गरी ताली बजाए । खाना खाइसकेपछि कोही गीत गाउन थाले कोही नाच्न थाले । कि्रस्टिना पनि नाच्न थालिन् म मात्र चुपचाप टोलाएर उभिएको थिएँ । कि्रस्टिनाले ूआऊू भन्दै मेरो हात समाई र मेरो शरीरमा रहेको बटन दबाई । म पनि कम्मर मर्काई-मर्काइ नाच्न थालेँ । मैले नाच्न थालेपछि साना-साना केटाकेटीहरुले पनि औंलो तेस्र्याएर मलाई देखाए । मैले बुट्टेदार जामा लगाएको थिएँ । मेरा हात गोडा र अनुहार पनि अरुको भन्दा धेरै भिन्न थियो । मेरो शरीरको लुगा अनौठो गरी सिलाईएको थियो । बटनहरु मेरो लुगा भन्दा बाहिर निस्किएका थिए । रिमोट थिचिेपछि कुनै पनि आदेश मेरो मस्तिष्कमा सन्चारित हुन्थ्योृ । जे काम गर्न अह्याइएको हुन्थ्यो शरीरको त्यही भाग सकि्रय हुन्थ्यो । कि्रस्टिना मेरो मिल्ने साथी दिई । म की त कि्रस्टिना सँगै हुन्थेँ की त प्रयोगशालामा हुन्थेँ ।



एकदिन म कि्रस्टिनासँगै स्कुल गएँ । उसले रिमोट थिचेपछि मैले सब गतिबिधिहरु रेकर्ड गर्न थालेँ । कक्षामा पढाएका कुराहरु मेरो साउन्ड बक्स भित्र रेर्कड हुन थाल्यो । दृष्यहरु दृश्य संचालन उपकरणले रेकर्ड गर्न थाल्यो । वास्तवमा म पहिले जस्तो गीत गाउने र नाच्न सक्ने गुडिया मात्र थिइन । कि्रस्टिनाका साथीहरुले मलाई माया गरेर रोर्बट रोबोट रोबो र रुबी पनि भने । माया गरेर साथीहरुले जे भने पनि म खुशी थिएँ । कि्रस्टिनाले उसको नाम जूनटिकी हो भनेर परिचय गराई । त्यसपछि उसका साथीहरुले पनि मलाई जूनटिकी भनेर बोलाउन थाले । । वास्तवमा म न केटा थिएँ न त केटी नै थिएँ । म हात गोडा भएको अत्याधुनिक मेसिन मात्र थिएँ । मेरो पहिरन र नामले गर्दा सबैमा म केटी नै हुँ भन्ने भ्रम पथ्र्यो । मेरो मस्तिष्क भित्र प्रसस्त तारहरु थिए । शरीर भित्र विभिन्न किसिमका उपकरणहरु थिए । मैले म जस्ता अरु रोबोटहरु देख्न पाएको थिइन । म जस्ता अरु पनि रोबर्टहरु हुन्छन् भन्ने कुरा मलाई थाह थिएन ।





एकदिन कि्रस्टिना सबेरै उठी र म नजिकै आई । उसको हातमा फूलका थुङ्गाहरु थिए । उसले मलाई जन्मदिनको शुृभकामना दिई । प्रयोगशालामा सबै बैज्ञानिकहरुले मलाई जन्मदिनको शुभकामना दिनु भयो । डब्लु। डब्लु। एच ले चाँदिको लकेट मेरो हातमा राखिदिनुभयो । मैले आफैँले त्यो लकेट लगाएँ । उहाँले भन्नुभयो ू बुझ्यौ जूनटिकी आज तिम्रो छैठौं जन्मदिन हो ।ू मेरो यसपालीको जन्मदिन प्रयोगशालामै वैज्ञानिकहरुको माझमा बित्यो । उहाँहरुले मेरो बारेमा नै चर्चा परिचर्चा गर्नुभयो । कसरी म माथि मस्तिष्क प्रयोग सम्बन्धि उपकरण राख्ने मलाई कसरी परिमार्जित गर्ने भन्ने विषयमा छलफल भएको थियो । कुनै आदेश बिना नै कसरी मलाई स्वचालित रुपमा काम गर्न सक्ने बनाउने भन्ने बारे कुरा गरिरहेको पनि सुनेँ । बेलुकी पख सबैले रमाइलो गरे । कि्रस्टिनाले मेरो थुप्रै फोटोहरु खिची - मैले फूल टिप्न लागेको फोटो म नाच्न लागेको फोटो कुसर्िमाथि बसेर कम्प्युटरबाट चित्रहरु बनाउन लागेको फोटो आदि । जूनेली रातमा मैले केक काटेँ ठूलो केकमा ूजूनटिकीू लेखिएको थियो । सबै जनाले रमाइलो गर्दै खानपिन गरे ।



एकदिन मलाई ठूलो रोबोट प्रर्दशनीमा लगियो । म जस्ता अत्याधुनिक मेसिनहरु त थुपै्र हुँदा रहेछन् । आफ्नै जमातमा घुलमिल हुन पाएर मलाई खुशी लाग्यो । त्यहाँ मेरो परिचय थुप्रै रोबोटहरु सँग भयो । एक्स वाई भन्ने रोबटलाई एक्स वाई भन्ने वैज्ञाािनकले बनाउनु भएको रहेछ । उसले कम्प्युटरबाट ठूला-ठूला मेसिनहरुलाई कन्ट्रोलमा राख्ने काम गर्दो रहेछ । अर्का रोबोट एम। एनेक्स चाहिँ प्रयोगशालामा गरहुँ उपकरणहरु उचालेर यता उती सार्दो रहेछ । त्यस्ता अरु थुप्रै रोबोटहरुसँग मैले भेट्ने मौका पाएँ । ती मध्ये एन।टि।एन रोबोट रोबोट मेरी क्लाउज स्मिथ ह््वाईट रोबोट ए बि सि रोबोट ए।न। एस। रोबोट आदि-आदि । मेरो नाम सबै रोबोट साथीहरुलाई अचम्म लाग्यो । ूजूनटिकिी ! तिम्रो नाम कस्तो राम्रोू भन्दै सबैले प्रशंशा गरे । त्यस रोबोट प्रदर्शनीबाट म घर फर्किएँ वैज्ञानिकहरुसँगै ।



मलाई अझै परिमार्जित गरिँदै छ । मेरो शरीरको सल्यकि्रया गरी एउटा कन्ट्रोल बक्स राखिने छ । त्यस कन्ट्रोल बक्समा मानिसको मस्तिष्कले जस्तै कुनै आदेश बिनानै स्वविवेक प्रयोग गरी काम गर्ने शक्ति हुनेछ । आशा छ म पनि एकदिन किस्ट्रिना जस्तै हुनेछु तिमीहरु जस्तै हुनेछु । धन्यबाद ! मेरो कथा पढिदिएकोमा । तिमीहरुले देख्न पाएका छौ की छैनौ म जस्ता रोबोटहरुलाई । नमस्ते छ सबैलाई म जूनटिकी हुँ मेरो नाम जूनटिकी हो ।



समाप्त

Mar 18, 2009

एउटै पुस्तकमा एक सय एक नारी स्रष्टा (कृति परिचय)


- सबिना सिन्धु





साहित्य विधामा यो नौलो डगर हो

यो हाम्रो गजलको सुनौलो सफर हो

- श्रेष्ठ प्रिया पत्थर



नेपाली गजलमा नारी हस्ताक्षरु गजल - सङ्कलन र समिक्षा सम्बन्धि पुस्तक हो । यस सङ्ग्रह भित्र एक सय एक नारी स्रष्टाका पाँच- पाँच गरी जम्मा पाँच सय पाँच गजल सङ्ग्रहित छन् । छ सय बैसठ्ठी पृष्ठको यस पुस्तक तीन वर्ष लगाएर तयार पारिएको हो । सङ्ग्रह दुई खण्डमा विभाजित छ । प्रथम खण्डमा श्रेष्ठ पि्रया पत्थर सुमित्रा बाङ्देल चेली ऋचा लुँइटेल शीतल कादम्बिनी विमला केयरलेस मायामितु न्यौपाने लगायत गजल सङ्ग्रह प्रकाशित गरिसकेका पन्ध्र नारी श्रष्टाहरु समेटिएका छन् भने दोश्रो खण्डमा गजल विधामा साधनारत तर पुस्तकाकार गजल कृति प्रकाशित नगरिसकेका ज्योति जङ्गल मन्दिरा मधुश्री शकुन्तला जोशी सजल नयन मिश्र वैजयन्ती अस्मिता भण्डारी सीमा आभास सरस्वती श्रेष्ठ सरु लगायत छयासी श्रष्टाहरु नेपाली भाषाको वर्णानुक्रम अनुसार राखिएको छ ।

युवाकवि मोतिराम भट्टबाट नेपालमा भित्राईएको गजल विधा मनोरन्जनात्मक र बौद्धिक विधा मात्र नभई जटिल विधा पनि हो । फारसी भाषामा जन्मिएर उर्दु र हिन्दी भाषामा हुर्किएको गजल विधा नेपाली साहित्यमा प्रवेश गर्दा प्रेम र प्रणयका कुरामा सिमिति थियो । साहित्यको अन्य विधामा पनि नारी हस्ताक्षर शुन्य रहेको त्यस परिस्थितिमा गजल विधा पुरुष जमघट र मोति मण्डलीमा सिमित रह्रयो । २०३६ सालको गजल पूनर्जागरणले पनि यस विधामा पर्याप्त नारी सर्जकहरु जन्माउन सकेन । तर हाल पाँच सात वर्ष यता गजल विधामा बाढी आएको छ । नारी सर्जकको समुह नै तयार भएको छ । नेपाली गजलमा नारी हस्ताक्षरु यसैको उपलब्धि मान्न सकिन्छ ।


More Graphics Comment click here.



यस कृतिमा गजलको साथसाथै सर्जकको तस्विर सहितको परिचय गजलको विष्लेषण र समीक्षा समेत गरिएको छ । चौध अाचल र पचहत्तर जिल्लाका नारी सर्जकलाई समेट्ने प्रयास गरिए पनि सो प्रयास सार्थक भने हुन सकेको छैन । कतिपय नामचलेका गजलकारहरु छुटेका छन् । जे होस् सङ्ख्यामा सय भन्दा बढी सर्जकलाई एकै माचमा उभ्याउन सक्नु सङ्कलकको प्रशंसनीय कार्य हो । गजलहरु नियमबद्ध छन् संरचनामा विशेष ध्यान दिईएको छ । त्यसैले यो पुस्तक सर्जक र पाठक दुबैलाई उपयोगि देखिन्छ । रमेश शुभेच्क्ष्ा द्धारा सम्पादित एवं पुष्पलता आचार्य द्धारा प्रकाशित यस सङ्ग्रहको प्रमुख वितरक साझा प्रकाशन पुल्चोक रहेको छ ।



कृति ः नेपाली गजलमा नारी हस्ताक्षर

विधा ः गजल सङ्कलन र समीक्षा

सम्पादक ः रमेश शुभेच्छु

प्रकाशक ः पुष्पलता आचार्य

प्रमुख वितरक ः साझा प्रकाशन पुल्चोक

मूल्य रु ः ५०१।-




A Precious Gift (Poem)


(Mother, Daughter Poem)

- By Sheri Lawarance

When times seem too hard to bear & I l feel like giving up
I vision your beautiful face, the twinkle of your eyes and things of such
The bond we created from my womb to the day you were born
Is a mother and daughter bind that can never be torn
With the strength and guidance of God and the blessings he pours down from above
I want to be the best mom I can be to you and embrace you with all my love
You are as precious as a flower and as gorgeous as a rose
You have been specially made to the very tip of your nose
You are as sweet as honey; such an innocent young child
You are brighter than any star in the sky every time you smile
I want you to be proud of who you are and strive to be the best
Put forth your efforts to achieve your goals and let God do the rest
I will always be your mother first, but I'm also your friend
Your are the most precious gift, that I've ever been given

With All My Love,

Mommy

Mar 17, 2009

म एक तन्नेरी मोनालिसा (कबिता)


- सबिना सिन्धु



सम्भावनाको भविष्य लम्कँदै

जिन्दगीको खाता पल्टाउँदैछे

समयको परिशिष्ट भित्र

जोडफल र योगफलको

अङ्कगणितमा बाँधिएकी

तन्नेरी मोनालिसा ।



जागि्रत मोनालिसा हाँसेर

बग्दैछे माथि छहराबाट

हामफाल्न तयार भएको

झरनाको श्वेत पानी झैं ।



आवश्यकताका सूचनाहरु पढ्दै

आकृतिहरुकी मोनालिसा

दियोमा बल्दै छे

सतीमा होमिएको

एक जिउँदो लाश भएर



……म र म जस्तै

एक तन्नेरी मोनालिसा ।



- साभार
'सुर्योदयको क्यानभास' कविता सङ्ग्रह २०६१ बाट

Follow by Email