Jan 9, 2009

यात्री का मान्छे मान्छे हरु






भाद्र कृष्णअष्टमीका दिन उदयपुरको कटारीमा जन्मिएका कृष्ण शाह यात्री रङ्गमाचीय यात्रामा छन् । मानिसले भोग्ने गरेको जीवन नै रङ्गमाच हो जहाँ विविध पात्रहरु भेटिन्छन् जसले कथाहरु जन्माउँछन् । ती कथालाई अभिनय मार्फत पात्रहरुले जीवन्त तुल्याउँछन् र माचन पश्च्यात नाटक सजिव भएर उभिन्छ । कलाकारको अभिनय शिल्प जति आवश्यक ठानिन्छ त्यही नै नाटकको कथावस्तु उत्कृष्ट हुनु आवश्यक छ । रङ्गमाचका चुनौतीहरुलाई छिचोल्दै करिब डेड दशक देखि नाटक विधामा आफुलाई संलग्न गराउँदै आएको नाम हो कृष्ण शाह यात्री । उनी जस्तै युवाहरुको सकि्रयतामा मात्र सुस्ताउन खोजेको नाटक विधाले नयाँ उर्जा प्राप्त गर्न सकेको हो । २०५६ सालमा ुसुक्ष्म शिखाहरु - लघुकथासङ्ग्रह २०६१ सालमा ुसमय अवसानु- नाटक सङ्ग्रह २०६३ सालमा- ुरङ्गकर्मी हरिबहादुर थापाु-जीवनी सङ्ग्रह २०६४ सालमा ुआणविक अस्त्रु-लघुकथा सङ्ग्रह पश्च्यात पाँचौ कृतिको रुपमा २०६४ सालमा मान्छे÷मान्छेहरु प्रकाशित भएको छ ।

ुनेपथ्यबाटु नाम दिएर भूमिकामा विप्लव ढकाल भन्छन् ूपछिल्लो कालप्रवाहमा उनी र उनी जस्तै सचेत नाट्यकर्मीहरुको समर्पित साथ पाएर नेपाली नाटक र रङ्गमाचको बाँकी इतिहास निर्माण भइरहेको छ ।ू प्रारम्भमा आफ्नै गृह जिल्ला उदयपुरमा प्रस्तुत हुने गरेका नाटकबाट प्रभावित भई रङ्गमाच क्षेत्रमा लाग्ने प्रेरणा प्राप्त गरेको बताउँछन् । २०४८ सालमा मोदनाथ प्रश्रितद्धारा लिखित ुआमाको काखु नाटक निर्देशन गरेपछि सुरु भएको उनको औपचारिक यात्रा केही समय पूर्वााचलमा सिमित रह्यो । बालकृष्ण समको ुप्रेमू सरुभक्तको ुकोलाजु अशेष मल्लको ुहारेका मान्छेहरु नाटक निर्देशनको अनुभव बटुलेका कृष्ण शाह यात्रीको पृथक नाटक हो ुमान्छेमान्छेहरु । नेपाल बहिरा संघका कलाकारहरुलाई लिएर तयार पारिएको साङ्केतिक भाषाको यस नाटक राष्ट्रिय नाटक महोत्सवमा २०५८ सालमा उत्कृष्ट भयो । सोही नाटकको नामबाट नाटक सङ्ग्रहको नाम पनि मान्छेमान्छेहरु राखिएको हो । उनान्सय पृष्ठको यस नाटक सङ्ग्रहमा ुक्रमश ःनायिकाहरु ुविस्थापनु ुमहापात्रु लगायत आठवटा नाटकहरु सङ्ग्रहित छन् ।

ुक्रशम ः नायिकाहरु ु नारीवादी नाटक हो जसमा आफ्नो पवित्रताको प्रमाण दिन सीता भएर युगौं देखि नारीहरुले अग्नी परिक्षा दिइरहेका छन् । सीता र राधा जस्ता पौराणीक पात्र मात्र नभई मोनिका जस्ती आधुनिक समयकी युवतीले समेत उसैगरी अग्नी परिक्षा दिनुपरिरहेको छ । मोनिका मोडल हुन् जसलाई आयोजकहरुले सामानको विज्ञापनमा प्रयोग गर्छन् । उनीहरु विचारलाई होइन सुन्दर आवरणलाई सम्मान गर्छन् । उमेर ढल्किसकेपछि भने उनीहरुको अवस्था भिन्दै हुन्छ । पाँच वर्ष सम्म नुहाउने साबुनको विज्ञापन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिसकेकी मोनिका आफ्नो अस्तित्वको पहिचान गर्न खोज्छिन् । पौराणिक युगका सीता राधा र आधुनिक युगकी मोनिका मिलेर पुरुषहरुको अग्नि परिक्षा लिन तयार हुन्छन् । अग्नि परिक्षामा पुरुषहरु पवित्र ठहरिए वा ठहरिएनन् यस विषयमा भने नाटककार किन मौन रहेका हुन्

त्यस्तै ुविस्थापनु भित्र नेपाली मूलका अमेरिकी नागरिक धनाजय नेपाली अर्थात धने को परिवारको कथा छ । यस नाटकमा भने नाटककारले बौद्धिकता तर्किकता र कल्पनाशक्तिलाई यथेष्ट मात्रामा प्रयोग गरेका छन् । ट्याब्लेट खाएर भविष्यवाणी गर्न सक्ने क्षमता विकास गर्छ वैज्ञानिक छोरो डा।आर।डि ले । तेश्रो विश्वयुद्धको घोषणा हुनु रिदम र लिना बीचको प्रेम र त्यसको भयावय रुप आदि विषयवस्तुमा नाटककार सफल देखिन्छन् । यस नाटकलाई कथा वस्तु पात्र छनौट र संयोजनको हिसाबले सङ्ग्रह भित्रकै उत्कृष्ट नाटक हो भन्न सकिन्छ । ुशब्द सङ्ग्रामका योद्धाहरु देशभक्तिपूर्ण नाटक हो । ुनिजी आँखाहरु नारीवादी नाटक हो । त्यस्तै ु असम्बन्धुले हिमाली भेगमा विद्यमान बहुपती प्रथालाई औंल्याएको छ । वि।सं २०६४ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा।लि।ले प्रकाशनमा ल्याएको मान्छे÷मान्छेहरु कृतिको मूल्य रु पचहत्तर राखिएको छ ।


No comments: