Feb 12, 2009

मोफसल साहित्य र जसराज किराती







हिमनदीहरु बोकेर मेरो शरीर बगिरहेछ

म हिमाल भइरहेछु

कहीँ म ढुङ्गाबाट ओर्लिएको हुँ

कहीँ म रुखबाट झरेको हुँ

अक्सर पग्लिएर

बगेर

पहाडकी केटीलाई जिस्काउँदै÷जिस्काउँदै हिँडिरहेको हुँ ।



- पृष्ठ ८५



पहाडकी केटीले छिटको गुन्यू लगाएकी छे । उसको कम्मरमा पटुकी भएर सपनाहरु बाँधिएका छन् । दशहजार सूर्यका पाइतालाहरु कपालमा सिउरिएर ऊ एक डोको जून बोकेर हिँड्छे । जसराज किरातीका प्रतिनिधि कविताहरु मा उल्लेख भएकी त्यो केटी एक अँगालो क्षितिजको घाँस काटेर दश अँगालो जुनेली बटुल्छे । हिजो बेलुकी मात्रै हो ऊ एकपेट मरुभूमि बोकेर हिउँहरुमा चिप्लेटी खेल्दै घर फर्की । कवि चाहन्छन् पहाडकी केटीले आफू जस्तै हिमाल जन्माओस् । त्यो नयाँ हिमालसँग बोल्न सक्ने ओठ हुनेछ । त्यो हिमालसँग हिँड्न सक्ने पाइताला हुनेछ । अक्सर त्यो बालक अर्थात ुहिमालु योद्धा जस्तै बहादुर र फरासिलो देखिने छ । त्यस बालकले गीत गाउने छ । त्यस बखत कवि लाटो भएर उभिने छैनन् । न त चिसो हिउँ भएर पग्लिेने छन् । त्यसबखत उनको शरीरमा जीवनको रंग चढ्नेछ र उनी रफ्नि हुनेछन् ।

आफैं बगिरहेका छाल रोकेर उनी पहाडकी केटीलाई हिमाल जन्माउन दिन्छन् र एक अँगालो छोरो समातेर झुल्के घामजस्तै मुसुक्क हाँस्छन् । यी जसराज किराँती मोफसलमा फस्टाएर देशभरी चिनिएका कवि हुन् । खोटाफ् उनको जन्मस्थान र कर्मस्थान हो । उनको अर्को कविता 'मरिसकेपछि लेखेको कविता' विषालु च्याउ खाएर मर्ने महिलाहरुको संझनामा लेखिएको छ । उनी लेख्छन् - गरिबीकै कारण वि।सं २०१४ सालमा विषालु च्याउ खाएर आत्महत्या गर्ने चार महिला मध्ये दुई महिला जम्ल्याहा थिए । उनीहरुको नाम गंगा र जमुना थियो । मृत्युपछि गाउँलेहरुले उनीहरुको झुप्रो भत्काईदिए । यससँगै उनले गाउँका समाचारहरु जोडेका छन् । जस्तै पत्थरे काका मुग्लान पसेको ललिते कान्छा मरेको बर्खा लागेपछि गाउँलेहरु बारी जोत्न मोरफ् पुगेका हिउँद लागेपछि भरिया काम गर्न भोजपुर गएका । कविता भित्र जिवन र मृत्युका बारेमा उनी लेख्छन् ' ठूलो साँझपरेपछि ÷ मृत्युको भागवण्डा लगायौं ÷ मृत्युलाई पित्तलको बटुकोमा राखेर तन्तनी पियौं । '

उनको अर्को कविता 'म जन्मिन सक्छु मा उनी बरफले थिचेर मर्दै गएका उमेरहरु र आफ्ना रहरहरुलाई दुर्घटनाग्रस्त कुनै सहरजस्तै भत्किएर पुरिएको देख्छन् । हिउँ परे जस्तै लाग्छ उनलाई जिन्दगी शरीर माथि । अनि उनी लेख्छन्ूदेख्छु- धेरै स्वरहरु ढुङ्गाले थिचेका छने÷धेरै आवाजहरु निस्लोट रगतका कतारोमुनि मिचिएका र कुल्चिएका छन्÷यस मानेमा म बसेको देश भत्केको छ 'अर्को कविता' टेबुलमाथि वसन्त ' अर्को उत्कृष्ट कविता हो । 'कुसर्ीको पिठमा ओभरकोट झुण्डाएर÷ऋतु पल्टिन आउँछ-टेबुलमा÷चिप्लेकीराको आकृतिमा ऋतु घिसि्रन्छ टेबुल पीसमा र मर्छ÷पेपरवेट खिस्स हाँस्छ । ू

यसरी शब्द खेलाउन सक्ने र उचित शब्दलाई उचित स्थान दिन सक्ने कला जसराज किराँतीमा छ । उनका सिर्जना खारिएका छन् । गद्य शैलीका कवितामा पनि नजानिँदो लयात्मकता छ । बिम्ब र प्रतिक सरल हुँदा-हुँदै पनि शक्तिशाली छन् । तिनको प्रयोगमा मौलिकपन छ ।'सानो जूनकीरी' कवितामा उनी भन्छन् 'कुनै दिन÷आँखाकै छेउमा बसेर मलाई हाँस्न भनेका थियौ÷ऊ बेला मैले÷मभित्र÷सङ्लो छहरा भएर बगुँला भन्ने सोचेँ क्यारे'

वि।सं २००२ सालमा बुईपा - ६ खोटाफ्मा जन्मिएका कवि जसराज किरातीका तीन कविताकृति प्रकाशित छन् । 'उज्यालो खोज्ने आँखाहरु २०३६ जसराज किरातीका कविता २०५७ र जसराज किरातीका प्रतिनिधि कविताहरु २०६५ ।


Feb 11, 2009

एक पुस्तक र एक लेखक
- सबिना सिन्धु



सारा धक फुकाएर

आफैंलाई उप्काएर

कागज भित्र कोरिन्छ

अक्षरका ती लामहरुमा ।



तर्क र विर्तकको संज्ञा लगाई

शब्द र परिभाषाहरुबाट

झोल झैं ऊ छानिन्छ

मस्तिष्कका रङ्गिन जालीहरुमा ।



बाक्यांशका लहरहरु भित्र

अक्षरका मूल्यहरुमा

प्रत्येक पल्ट ऊ फेरिन्छ

हेराइ र दृष्टिको मोलमा



भिन्न प्रकाशमा

भिन्न मुहारका

आँखाका अनौठा स्पर्शहरु पश्च्यात

सुरक्षित साथ सेफ र र् याकमा सजिन्छ ऊ ।


Follow by Email