Aug 30, 2009

सिन्द्रेलाको कथा



बाल्यकालमा पढेको 'सिन्द्रेलाको कथा' याद आयो । जादुगर बुढीले मुसालाई घोडा बनाईदिई । खरभुजाको रथ बनाईदिई । सिन्द्रेलाका पुराना फाटेका लुगा नयाँ झकिझकाउ लुगामा परिवर्तन भए । अब उनी कथाको राजकुमार कहाँ नाच्न जान तयार भईन् ।

राजकुमारसँग नाच्दा नाच्दै बाह्र बज्न लागिसकेको थियो । उनी झस्कीईन् र दौडन थालिन् । दौडँदा उनले लगाएको जुक्ता बिरसिएर
हिँडेकी थिईन् । राजकुमारले बेहुली छान्न त्यो नृत्य समारोहको आयोजना गरेका थिए ।

अनुष्काले नबुझेको कुरा (बालकथा)



- सबिना सिन्धु



(प्रकाशितः कान्तिपुर कोपिला) अनुष्का हिजो देखि स्कुल जान थालेकी छ । बुबाले उसलाई Nursary क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले आफूलाई ऐनामा हेरी । ऊ स्कुल पढ्ने अरु केटाकेटी जस्तै देखिएकी थिई । तर अलि फुच्ची । आमाले होमवर्क कापी ब्यागमा हालिदिनुभयो र ब्याग दिनुभयो । उसले फुर्तीसाथ खरायोको चित्र भएको ब्याग बोकी । अनुष्कालाई स्कुल जान तयार पारेर आमा पनि अफिस जानुभयो । बुबाको हात समाउँदै अनुष्का स्कुल तिर गई । बाटोमा उसले बुबालाई सोधी "आमा किन अफिस जानुहुन्छ", उसको बालसुलभ प्रश्न सुनेपछि बुबाले हाँस्दै उत्तर दिनुभयो । "जागिर खान ।" "तपाईँ नि" उसले उत्सुकतासाथ फेरी सोधी । "म पनि जागिर खान नै अफिस जाने हो ।" अनुष्कालाई स्कुल पुर् याएर बुबा सिधै अफिस जानु भयो । स्कुल पुगेको केही क्षण पछि अनुष्काले सोची यो जागिर खाने भनेको चाहिँ के होला

एउटा ठूलो पोखरी होला । त्यसको वरीपरी गोलो घेरा लगाएर बस्ने । त्यसपछि चक्लेट बिस्कुट र मीठा - मीठा कुरा खाने होला । हो त नि आमाले अफिसबाट घर फर्कँदा कहिले चक्लेट कहिले बिस्कुट र कहिले चाउचाउ ल्याईदिनुहुन्छ । बुबाले पनि उसको लागि भनेर केही- केही लिएरै आउनुहुन्छ । पल्लो घरको अंकल बिहान नौ बजे नै निस्किनुहुन्छ । उहाँ जागिर खान कालिमाटी पुग्नु हुन्छ रे । बिहानै माम खाएर गए पनि किन जागिर खानु परेको होला अनुष्काले निकै बेर घोरीएर सोची । यतिखेर सम्म स्कुलको घण्टी लागिसकेको थियो । साथीहरुसँग लाईनमा बसेर ऊ कक्षाकोठा तिर गई । कक्षामा मिसले अङ्ग्रेजीमा गीत गाउन सिकाउनु भयो । गीतको अर्थ मिसले बताईदिनुभयो । त्यसपछि ताली बजाउन लगाउनु भयो । आज टिफिन टाईममा उसले जागिरकै बारेमा सोची । मिसलाई सोधुँ कि जस्तो लाग्यो तर सोध्ने हिम्मत नै गरिन । स्कुल र नयाँ साथीहरु देखेर उसलाई रमाईलो पनि लागिरहेको थियो । किनभने उसका साथीहरु ऊ जस्तै साना थिए । अनुष्काले दिन बितेको थाहै पाईन । ३ बजे स्कुल छुट्टी भयो । केही बेर पछि आमा उसलाई लिन आउनु भयो । आमाको हात समाएर ऊ घरतिर आई । बाटोमा आमाले उसलाई मिठाई दिनुभयो । मिठाई गुलियो र मीठो थियो । उसले साची आमाले आज अफिसमा मिठाई खानु भएछ ।

भर्खरै साँझ पर्न थालेको थियो । पल्लो घरको अंकल अफिसबाट आईसक्नुभएको थियो । बुबा अफिसबाट आएर किताब पढ्न थाल्नु भएको थियो । अनुष्काले सोधी हाली "बुबा आज तपाईँले जागिरमा के-के खानेकुरा खानु भयो" छोरीको यस्तो कुरा सुनेर बुबाले अनुष्कातिर हेर्नुभयो । उहाँले माया गर्दै सोध्नुभयॊ "तिमीलाई जागिर भनेको के हो थाहा छ ।" "अँ - हँ" उसले मुन्टो हल्लाउँदै उत्तर दिई । "जागिर खान जाने भनेको खानेकुरा खान जाने भनेको होइन । अफिसमा काम गर्न जाने भनेको हो । अफिसमा काम गरेबापत तलब पाईन्छ । शिक्षकले पढाउने काम गर्छन् । उनीहरुले पढाउने जागिर खाएका हुन् । "बुबाले यती कुरा भन्नभयो । उसले प्रश्न राखी : उसो भए आमा बैंकमा काम गर्नु हुन्छ । आमाले जागिर खाएको भनेको त्यहाँ गएर काम गरेको हो ", उसले थपी "पल्लो घरको अंकल अनि आन्टी पनि जागिर खानुहुन्छ । अनि भोली परसी
ठूलो भएपछि म पनि जागिर खाने हगी बुबा ।"

सानी अनुष्काले खरायोको चित्र भएको झोला बेकेर ल्याई । कापी र पेनसिल निकाली । त्यसपछि चित्र कोरेँ झैं गरी । त्यतिखेरसम्म उसले 'जागिर खाने' भनेको खानेकुरा खाने भनेको होइन रहेछ भन्ने कुरा बुझिसकेकी थिई ।



Have a nice day Comments hi5

Have a nice day Comments hi5