Jan 9, 2009

It's me !


<

संस्कृतिमा रमाउँदै किराँती





संस्कृतिमा रमाउँदै किराँती - सबिना सिन्धु



राई लिम्बु जस्ता देखिने युवा-युवती मस्तसँग नाचिरहेका थिए । बेमौसम नै भए पनि आकाश कालो भएर पानी वर्षिन थालेको थियो । युवा-युवती कति पनि बिचलित थिएनन् । बरु रमितेहरु छाता ओढेर भएपनि मनोरन्जन लिइरहेका थिए । ूबिहानै देखी पो शुरु भएको रहेछ त नाच !ू गोलमटोल अनुहार र स्टाइल पारेर छोट्याइएको कपाल भएकी राम्री युवतीले भनिन् ।ू छोटो टिसर्ट निलो जिन्समा सजिएकी ती युवतीलाई नृत्य पोशाकको आवश्यकता परेन । उनी नाच्नेहरुको हुलमा मिसिएर नाच्न थाल्दा मात्र थाहा भयो उनी नाच्न खप्पिस रहिछिन् । बैशाख पूर्णीमा र मंसिर पूर्णिमाको अवसर पारेर राइ लिम्बु सुनुवार र याख्खाहरुले मनाउने रमाइलो पर्व रहेछ यो साकेला÷साकेवा पर्व । नयाँ पुस्ता पनि आफ्नो संस्कृति प्रति यति साह्रो सजग होलान् भन्ने लागेको थिएन । पानी रोक्किइसकेको थियो । दुइ चार जना चिने जानेका साथीहरु देखिन थाले । ती मध्ये कोही त्यही हुलमा गएर नाच्न थाले । कोही थपडी बजाएर रमाइलो गर्न थाले । एक दुइ पटक साँस्कृतिक कार्यक्रम हेर्न जाँदा संयोगबस् यो नाँच पनि हेर्ने मौका पाएको थिएँ । ूआउनुस् न बहिनी तपाईँ पनि नाच्नुसू मेरो हात तान्दै एक अधबैंशे महिलाले भनिन् । ूनाच्न होइन म त नाच हेर्न आएको हुँू मैले भनेँ । उमेर पुगेका युवा युवतीको त कुरै छोडौं सात -आठ वर्षका बालबालिका पनि नृत्य पोशाक लगाएर उस्तै गरी नाचिरहेका थिए । यस पर्वलाई उधौली र उभौली गरी दुई भागमा विभाजन गरीएको रहेछ । बाली लगाउने मकै रोप्ने समयमा प्रकृतिको पूजा गरी प्रकृतिलाई खुशि पार्नको लागि वैशाख महिनामा र अन्नबाली पाकी सकेपछि प्रकृतिलाई कृतज्ञता ज्ञापन गर्न अन्न चढाउँदै मंसिर महिनामा मनाईँदो रहेछ । वैशाखमा मनाइने पर्वलाई उँभौली र मंसीरमा मनाइनेलाई उधौली भनिँदो रहेछ ।

ूराइ लिम्बु सुनुवार याख्खा आदि जातिको नृत्य गर्ने शैली भिन्दा-भिन्दै हुन्छ ।ू नृत्य हेर्न आएका चन्द्रवीरले भने । साँस्कृतिक पर्व हुँदा-हुँदै यो मनोरन्जनात्मक पर्व पनि हो । समयको माग अनुसार आफुलाई परिमार्जित गदैर््र आएका यस समुदायले आफ्नो संास्कृतिक चेतना नयाँ पुस्तामा सन्चार गर्न भुलेका रहेनछन् भन्ने कुरा कलिला बालबालिकाले पनि नृत्य प्रस्तुत गर्न खोजेबाट प्रष्टिन्छ । पन्ध्र दिन सम्म मनाइने यस पर्वले प्रकृतिपूजा अथवा प्रकृति प्रति विशेष आस्था राखेको छ । किराँतीहरु पारोहाङ्ग अर्थात शिव र सुम्निमा अर्थात पार्वतीलाई सम्झिन्छन् । यस बाहेक कुल पूजा गरी मृतात्माको शान्तिको कामना गरिन्छ । समाज र राष्ट्रमा शान्ति होस् मानसम्मान इज्जत कमाई्र हर्ताकर्ता हुन पाइयोस् भनी बाजागाजा सहित धर्तीमाताको पूजा गरी साकेला नाचिन्छ । नृत्य गर्दा बीचमा खम्बा गाडी त्यसमा स्याउला बाँधेर सामुहिक रुपमा फूलपाती लिई वृताकार घेरोमा बसी नृत्य गरिन्छ । एक परिवारबाट कम्तिमा पनि एक जना नृत्यको निम्ति सामेल हुनुपर्छ । युवा बृद्ध महिला पुरुष सबैले उत्साहपूर्वक मनाउने यस चाडले किराँती समुदायको धार्मिक र साँस्कृतिक परम्परालाई सुदृढ बनाउन सहयोग पुर् याएको देखिन्छ ।

साँस्कृतिक अधिकारको नारा सहित किराँत राईले यस अवसर पारेर मोटरसाइकल र् यालीको आयोजना गरेका थिए । ललितपुरको महालक्ष्मी स्थानबाट प्रारम्भ भएको उक्त र् यालीको आयोजना ुयायोक्खाु संस्थाले गरेको थियो ।




बिज्ञान नाटक लाशघर




लासघरलाई एकाङ्की वा लघुनाटक जे भने पनि यो प्रदर्शनका लागि छोटो र रमाईलो नाटक हो । विज्ञान चमत्कार मात्र होइन बौद्धिक ब्यक्तिले विज्ञानको माध्यमबाट आफुलाई सिर्जनात्मक बनाउन सक्छ जसलाई उसको कल्पनाशक्ति भन्न सकिन्छ । एउटा लासघर जहाँ कम्प्युटर छ टेलिफोन छ कोठामा लासहरु छरिएका छन् । विभत्स अबस्थामा छन् ती लाशहरु कसैको हात छैन कसैको गोडा छैन । त्यहाँ रगत र घाउहरु देखिन्छन् । लाशमा रुपान्तरित भएका शरीर हेर्दा -हेर्दा जिवित ब्यक्तिहरु पनि लाश भइसकेका छन् ।

लाशहरु माचमा चल्मलाउँछन् । ती मध्ये लाश बनेको सुत्रधार जुरुक्क उठ्छ र दर्शक सामु प्रस्तुत हुन्छ । एक क्रान्तिकारी युवक जुलुसमा हिँड्दा हिँड्दै अकस्मात मर्यो र लाशमा परिणत भयो एउटी गर्भवती महिला अस्पतालमा प्रसव ब्यथाले छट्पट्टिँदै मृत्यु वरण गर्न पुगिन्

एउटा वैज्ञानिक प्रयोगशालामा काम गर्दा गर्दै आगो लागेर लासमा परिणत भयो अर्को ब्यक्ति गाडि गुडाउँदा-गुडाउँदै ……… मानिसको मरण जुनसुकै अबस्थामा जुनसुकै समय हुनसक्छ ।

लाशहरुमा पनि जिवित हुने इच्छा हुन्छ ।

लास ५ ले लास २ लाई बिहेको प्रस्ताव राख्छू हामीले बिहे गरेको कुरा हामी पाँच मध्ये कसैलाई थाहा हुँदैन । हामीले बिहे गरेको थाहा पाएर न त तिम्रो श्रीमान् नै यहाँ आउन सक्छ न त मेरी श्रीमती नै ।ू लाशहरुको बिहे गर्ने इच्छा नाटकारको चलाखी हो । लाशहरुले आत्माबाट डिर्भोस भईसकेको अनुभव गर्छन् । लास ३ ले कम्प्युटरबाट लाशहरुको आत्मा ुसर्चु गर्छ । यी लाशहरुले जिउँदो बन्न सकिन्छ की भनेर सम्भावनाहरु देख्छन् । कम्प्युटर मार्फत युनिर्भसमा ुइन्टरु गर्न सकियो भने ुआत्माु पत्ता लाग्न सक्छ । ती आत्मालाई पुन ः शरीरसंग आबद्ध गराउन सकिन्छ र हामी जिवित बन्न सक्छौं । मर्नु अघि वैज्ञानिक रहेको लासले ब्यक्त गरेका कुराहरु सुनेर अन्य लाशहरुले उसको बुद्धिको प्रशंसा गर्छन् । लाशहरुले सपना देख्छन् जिवित भएको स्थितिको ।

लास २ महिला ले बाँच्न पाए श्रीमान छोराछोरीको राम्रो हेरविचार गर्ने इच्छा ब्यक्त गर्छे लास ५ ले चुनाव जित्ने अपेक्षा गर्छ र लास ४ ले गाडि चलाएरै परिवार पाल्थेँ र परिवारको मुस्कानमा रमाउँथेँ भन्छ । सपना बुन्दा बुन्दै निर्धारित समय समाप्त हुन्छ र लाशहरु लाश बाहेक केही रहँदैनन् । अन्त्यमा सुत्रधार कम्प्युटर चलाउन थाल्छ माचमा प्रकाश फैलिन्छ । सुत्रधचार अरु लाशहरु झैं ढल्मलाउन थाल्छ र सबै लाशहरु माचमा ढल्छन् । नाटककार गोपी सापकोटाको खरानी नाटक सङ्ग्रह भित्रको लासघर नाटक हो यो । विज्ञानका चुनौतिलाई सिर्जनात्मक पाराले गोपीले यसरी प्रस्तुत गरेका छन् की नयाँ युगका वैज्ञानिकहरुका लागि यो खोजी र आविश्कारको विषयवस्तु बन्न सक्छ । के यो कल्पना सार्थक हुने सभ्भावना शुन्य प्रतिशत नै छ त जैविक र प्राकृतिक प्रकि्रयाबाट एउटा जीवन अस्तित्वमा आउँछ र आखिर लाश भएर निर्जिव बन्छ । जिवन र जगतका प्राकृतिक प्रकि्रयालाई खोजी गर्न वैज्ञानिकहरुलाई झक्झकाएको छ गोपीको यस नाटकले ।

पूरानै शैलीका नाटकहरुको पुनरावृत्तिले दशर्क÷पाठकलाई निरस तुल्याएको वर्तमान अबस्थामा गोपीको यो नाटकले नयाँ पनको खोजी गरेको छ । नाटककार अशेष मल्लले भने झैं ूगोपीको लासघर नाटक भूगोलको दृष्टिले सीमित घेराभित्र छैन । माचनको सन्दर्भमा यो नाटक प्रभावशाली हुन सक्तछ त्यो निर्देशनको क्षमतामा भर पर्ने पक्ष हो तथापी निर्देशकीय सम्भावनालाई गोपीले प्रशस्त ठाउँ दिएका छन् । यो यस नाटकको सफलता हो ।ू




यात्री का मान्छे मान्छे हरु






भाद्र कृष्णअष्टमीका दिन उदयपुरको कटारीमा जन्मिएका कृष्ण शाह यात्री रङ्गमाचीय यात्रामा छन् । मानिसले भोग्ने गरेको जीवन नै रङ्गमाच हो जहाँ विविध पात्रहरु भेटिन्छन् जसले कथाहरु जन्माउँछन् । ती कथालाई अभिनय मार्फत पात्रहरुले जीवन्त तुल्याउँछन् र माचन पश्च्यात नाटक सजिव भएर उभिन्छ । कलाकारको अभिनय शिल्प जति आवश्यक ठानिन्छ त्यही नै नाटकको कथावस्तु उत्कृष्ट हुनु आवश्यक छ । रङ्गमाचका चुनौतीहरुलाई छिचोल्दै करिब डेड दशक देखि नाटक विधामा आफुलाई संलग्न गराउँदै आएको नाम हो कृष्ण शाह यात्री । उनी जस्तै युवाहरुको सकि्रयतामा मात्र सुस्ताउन खोजेको नाटक विधाले नयाँ उर्जा प्राप्त गर्न सकेको हो । २०५६ सालमा ुसुक्ष्म शिखाहरु - लघुकथासङ्ग्रह २०६१ सालमा ुसमय अवसानु- नाटक सङ्ग्रह २०६३ सालमा- ुरङ्गकर्मी हरिबहादुर थापाु-जीवनी सङ्ग्रह २०६४ सालमा ुआणविक अस्त्रु-लघुकथा सङ्ग्रह पश्च्यात पाँचौ कृतिको रुपमा २०६४ सालमा मान्छे÷मान्छेहरु प्रकाशित भएको छ ।

ुनेपथ्यबाटु नाम दिएर भूमिकामा विप्लव ढकाल भन्छन् ूपछिल्लो कालप्रवाहमा उनी र उनी जस्तै सचेत नाट्यकर्मीहरुको समर्पित साथ पाएर नेपाली नाटक र रङ्गमाचको बाँकी इतिहास निर्माण भइरहेको छ ।ू प्रारम्भमा आफ्नै गृह जिल्ला उदयपुरमा प्रस्तुत हुने गरेका नाटकबाट प्रभावित भई रङ्गमाच क्षेत्रमा लाग्ने प्रेरणा प्राप्त गरेको बताउँछन् । २०४८ सालमा मोदनाथ प्रश्रितद्धारा लिखित ुआमाको काखु नाटक निर्देशन गरेपछि सुरु भएको उनको औपचारिक यात्रा केही समय पूर्वााचलमा सिमित रह्यो । बालकृष्ण समको ुप्रेमू सरुभक्तको ुकोलाजु अशेष मल्लको ुहारेका मान्छेहरु नाटक निर्देशनको अनुभव बटुलेका कृष्ण शाह यात्रीको पृथक नाटक हो ुमान्छेमान्छेहरु । नेपाल बहिरा संघका कलाकारहरुलाई लिएर तयार पारिएको साङ्केतिक भाषाको यस नाटक राष्ट्रिय नाटक महोत्सवमा २०५८ सालमा उत्कृष्ट भयो । सोही नाटकको नामबाट नाटक सङ्ग्रहको नाम पनि मान्छेमान्छेहरु राखिएको हो । उनान्सय पृष्ठको यस नाटक सङ्ग्रहमा ुक्रमश ःनायिकाहरु ुविस्थापनु ुमहापात्रु लगायत आठवटा नाटकहरु सङ्ग्रहित छन् ।

ुक्रशम ः नायिकाहरु ु नारीवादी नाटक हो जसमा आफ्नो पवित्रताको प्रमाण दिन सीता भएर युगौं देखि नारीहरुले अग्नी परिक्षा दिइरहेका छन् । सीता र राधा जस्ता पौराणीक पात्र मात्र नभई मोनिका जस्ती आधुनिक समयकी युवतीले समेत उसैगरी अग्नी परिक्षा दिनुपरिरहेको छ । मोनिका मोडल हुन् जसलाई आयोजकहरुले सामानको विज्ञापनमा प्रयोग गर्छन् । उनीहरु विचारलाई होइन सुन्दर आवरणलाई सम्मान गर्छन् । उमेर ढल्किसकेपछि भने उनीहरुको अवस्था भिन्दै हुन्छ । पाँच वर्ष सम्म नुहाउने साबुनको विज्ञापन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिसकेकी मोनिका आफ्नो अस्तित्वको पहिचान गर्न खोज्छिन् । पौराणिक युगका सीता राधा र आधुनिक युगकी मोनिका मिलेर पुरुषहरुको अग्नि परिक्षा लिन तयार हुन्छन् । अग्नि परिक्षामा पुरुषहरु पवित्र ठहरिए वा ठहरिएनन् यस विषयमा भने नाटककार किन मौन रहेका हुन्

त्यस्तै ुविस्थापनु भित्र नेपाली मूलका अमेरिकी नागरिक धनाजय नेपाली अर्थात धने को परिवारको कथा छ । यस नाटकमा भने नाटककारले बौद्धिकता तर्किकता र कल्पनाशक्तिलाई यथेष्ट मात्रामा प्रयोग गरेका छन् । ट्याब्लेट खाएर भविष्यवाणी गर्न सक्ने क्षमता विकास गर्छ वैज्ञानिक छोरो डा।आर।डि ले । तेश्रो विश्वयुद्धको घोषणा हुनु रिदम र लिना बीचको प्रेम र त्यसको भयावय रुप आदि विषयवस्तुमा नाटककार सफल देखिन्छन् । यस नाटकलाई कथा वस्तु पात्र छनौट र संयोजनको हिसाबले सङ्ग्रह भित्रकै उत्कृष्ट नाटक हो भन्न सकिन्छ । ुशब्द सङ्ग्रामका योद्धाहरु देशभक्तिपूर्ण नाटक हो । ुनिजी आँखाहरु नारीवादी नाटक हो । त्यस्तै ु असम्बन्धुले हिमाली भेगमा विद्यमान बहुपती प्रथालाई औंल्याएको छ । वि।सं २०६४ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा।लि।ले प्रकाशनमा ल्याएको मान्छे÷मान्छेहरु कृतिको मूल्य रु पचहत्तर राखिएको छ ।


घनश्यामको कोपिला


घनश्यामको कोपिला br>
चाहे आओस आँधिबेरी चाहे परोस् झरी

सँधै भरि परिश्रममा जुटेकै छ मौरी ।

- माहुरी कविता पृष्ठ ५



घनश्याम खड्काको कोपिला बालकविता सङ्ग्रहबाट उद्धरित अंशहरु हुन् यी । बालक झैं बनेर युवा कविले तीसवटा कविता रचेका छन् । हिउँद जून मौरी पानी तुषारो फूल तोरिबारी हिमाल जस्ता समान्य विषयवस्तु कविताका शिर्षक बनेका छन् । विद्यालय पढ्ने जुनसुकै उमेरका बालबालिकाले पनि यसलाई रुचाएर पढ्न अथवा बुझ्न सक्ने छन् भन्ने आशा लिन सकिन्छ । कवितासंगै रमाइला तस्विरहरु छन् जसले बालबालिकालाई आकर्षित तुल्याउँछ । ुमेरो कुराु शिर्षक दिएर घनश्याम आफ्ना भावना बालबालिकासंग यसरी पोख्छन् ूचित्रको आकाश झन् बढी रङ्गीन हुन्छ रे । कथाको राजकुमार झन् बढी सुन्दर । तिमीले देखिराखेको ुजूनु पनि कवितामा झन् बढी चहकिलो हुन्छ ! कला भनेको यस्तै हो । देखिराखेकै कुरा नौला र राम्रा लाग्छन् । ू हुन त घनश्यामको यो ब्यक्तिगत भनाई हो तर यर्थाथमा बालबालिकाका लागि चित्र अङ्कित कविता रमाइला लाग्छन् जसले मनोरन्जन र बौद्धिकता दुवै प्रदान गर्छ । हिउँद शिर्षक कवितामा आमाले हिउँदको बखत छोरालाई गलबन्दी लगाईदिन बोलाएकी छिन् । हिउँदमा रातभरि शीत पर्छ र दिउँसो पनि बादल लाग्न थाल्छ । हातखुट्टा कठ्याङ्गि्रने र ओठ फुट्ने समस्या देखा पर्छ । यस्तो समयमा भाइबहिनीले न्यायो गरेर बस्नु पर्छ । ुखरायो हो चलाखु शिर्षक कवितामा कान ठाडो पारेर खरायो आउँछ र कवि पक्कै डरले गर्दा यसको कान ठाडो भएको होला भन्ने अन्दाज लगाउँछन् । बाँझो खेतलाई रोपेर अन्न फलाउने परिश्रमी किसानले गरेको माटो प्रतिको मोह छ ुकिसानु कविता भित्र ।

बालबालिकाका लागि घर पछिको अर्को प्यारो घर मामाघर हो । उनीहरुले मामाघर जाने चाहना राख्छन् । यस्तै चाहनाको प्रतिबिम्ब भेटिन्छ ुमेरो मामाघरु कवितामा । बाख्राको पाठोलाई केटाकेटीको भाषामा ुमनेु भनिन्छ । मनेसँग खेल्न पाएर दङ्ग परेको बालकको चित्रण छ ुमने मेरो साथीु कवितामा । त्यस्तै ुमेरी हजुर आमैु भित्र हजुरआमाले नाती प्रति ममता पोखेकी छिन् । मिलनसार साथीको खोजी भएको छ ुसाथी हुन् त असल ु भित्र । ुघडी चरोुले समयको मूल्यलाई अवगत गराउँछ ुहिमालुले प्रकृति प्रति केटाकेटीको उत्साहलाई बढाउन खोजेको छ र ुदेखें सपनीुले सपनामा डरलाग्दो कुकुरले टोकुँलाझैं गरेर हेरेकोले सपनीमै रोएको रमाइलो प्रसंग छ ।

बत्तीस पृष्ठको यस कविता सङ्ग्रह भित्र समेटिएका कविताहरु सरल र सरस छन् तर कविताका लागि चित्र बनाउने चित्रकारको नाम भने कहीँ कतै उल्लेख छैन । विवेक सिर्जनशील प्रकाशन प्रा।लि।ले प्रकाशनमा ल्याएको यस कविता सङ्ग्रहको मूल्य रु तीस राखिएको छ ।