-
सबिना सिन्धु
लेख्यौ कि ....!
कुन कागजमा लेख्यौ मेरा
गीतहरु
ती त भिजे पानीमा
निथ्रुक्क
तप्प—तप्प जमिनमा झरेका थोपासंगै ।
कि.... कुन पातमा
लेख्यौ प्रेमपत्र
जुन, घामको स्पर्शले सुक्यो, हुरीले उडायो ।
जहाँ अक्षरहरु स्पष्ट
छैनन् ।
शब्दहरु थकित छन् ।
पातहरुको श्रृङ्गारमा
भेटिन्न म
भो कागजमा अटाउँदिन म ।
चामलका दाना, ती भन्दा सेता लाग्छन् असिना ।
जो झर्छन् बारम्बार
आकाशबाट र हिर्काउँछन् हामीलाई
त्यतिबेला, के आकाशको विरोध गर्नु
वा पानीको विरोध गर्नु
।
वा तिम्रो प्रेमपत्रको
विरोध गर्नु ।
वा सुनाउन चाहेको गीतको
विरोध गर्नु ।
कि....कुन भावले लेख्यौ
प्रेमपत्र,
ती शब्द, प्रारम्भ देखि अन्तिमसम्म
चरण—चरण गर्दै अनुमान लगाउनु पर्ने भयो ।
मसिहरु लत्पत्तिए, विचारहरु अपभ्रंश भए ।
शब्दसंग अर्थ दिने
सामथ्र्य छैन।
टुक्रा—टुक्रा भए भावहरु
ओर्लिएर जमिनमा, पानीमा परिवर्तन हुन थाले।
यसैगरी परिवर्तन हुन्छ
समय ।
यसैगरी परिवर्तन
हुन्छन् साल ।
पूरानो साल फेरिन्छ र
नयाँ आउँछ ।
संघर्ष-संघर्षबाटै,
उर्जावान् बन्छ जिवनको
यात्रा ।
उमेर र समय यसैगरी
बित्छ
तर पनि बाँकी रहन्छ
प्रेमिल मन ।
फेरी पनि लेख्नु
प्रेमपत्र.........
-
sabinasindhu@gmail.com
No comments:
Post a Comment