Mar 19, 2009

ब्रेन बल (बाल कथा )


बालकथा




ब्रेन बल - सबिना सिन्धु



अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको प्वाल टालिदिए । त्यस वस्तुलाई 'ब्रेन बल' भनियो । शैलीको मस्तिष्क ब्रेन बल भित्र सर्यो र उसले आफ्नो लम्पसार परिरहेको शरीर देखी । स्थानान्तरण हुन सक्ने टाउको भित्र सिमित हुनु परेकोमा शैलीलाई ज्यादै दुख लाग्यो । उसले आफू हल्लिन खोजी र मस्तिकमा रहेको गीलो पना महशुस गरी । तर एकैछिन पछि डाक्टरले शैलीको मस्तिष्कलाई शरिरमा जोडे । अब शैलीको टाउको र शरीर एकै ठाउँमा भयो । डाक्टरले इन्जेक्सन लगाईदिएको केही क्षण पछि ऊ सम्हालिएर उठी । उसको वास्तविक टाउको अपरेसन कक्षमा रहेको मध्यम साइजको टेबुल माथि राखिएको थियो । वास्तविक टाउको राखेर अपरेसन सफल नभएपछि शैलीमा ब्रेन बल प्रत्यारोपण गरिएको थियो ।

अपरेशन कक्षबाट बाहिर निस्किँदा भित्तामा टाँगिएको ऐनामा उसले आफ्नो मुहार हेरी । ऐनमा देखिएको अनुहार पहिलेको उसको अनुहार जस्तो थिएन । "अब स्कुलका साथीहरुले मलाई चिन्दैनन् । घर नजिकैका साथीहरु माझ पनि अब म बिरानो बन्नेछु । साथीहरुलाई म शैली नै हो भनेर कसरी विश्वास दिलाउने होला" उसले मनमनै भनी । आफू जिवित हुन पाएकोमा भने उसलाई साह्रै खुशि लागेको थियो । केही दिन अघि भएको दुर्घटनाको कारण उसको मस्तिष्कको केही भाग क्षति भएको थियो । त्यसैले ऊ अस्पतालमा थिई । साँच्चै म बाँचेको छु । शैलीलाई रमाइलो लाग्यो ।

दौडिन खोज्दा ऊ लड्न पुगी । त्यसपछि झस्याङ्ग भई । बिहान भईसकेको रहेछ उसले यो सबै त सपना पो देखेकी रहिछ । ऐनामा हेर्दा शैलीको अनुहारमा कुनै परिवर्तन आएको थिएन । Accident, हस्पिटल, मस्तिष्क प्रत्यारोपण, ब्रेन बल ती सब त सपना पो रहेछन् । शैली विज्ञानका कुराहरु चासो दिएर पढ्ने गर्थी । हिजो बेलुकी विज्ञान पुस्तकमा लेखेको मस्तिष्क सम्बन्धि जानकारी पढेकी थिई । त्यसपछि उसले धेरैकुरा सोची । ऊ नयाँ-नयाँ कुराहरु आविष्कार गर्ने वैज्ञानिक हुन चाहान्थी । नयाँ फर्मुला प्रयोग गरी औषधिहरुको निर्माण गर्न सके कस्तो हुन्थ्यो संसारमा नयाँ कुराहरु पत्ता लगाउन पाए उसको सोचाई यस्तै तिर जान्थ्यो । शैलीले फेरी 'ब्रेन बल' सम्झी । मानिसको टाउको को स्थानमा कतै यसैगरी ब्रेन बल अथवा अन्य केही प्रत्यारोपण गर्न सम्भव छ शैलीले निकै बेर सोची र निर्कोल निकाली अहिले सम्भव नभए पनि भविष्यमा कसो नहोला !

4 comments:

Upendra Pokharel said...

Dherai creative work sindhu g, blog ra sahitya dubai ma . Ajhai aakasiyos tapain ko creativity, swan6anda bramhanda ma bicharan garna. Shuva kamana. Upendra, Nepal magazine

Basanta said...

Interesting! Nepali literature has very few science fiction. I wish you all the best in this genre.

Basanta said...

Not exactly but similar possibility is being discussed in sci-tech circle. You can follow this link to a posting in my blog;

- http://gautambasanta.blogspot.com/2008/07/upload-yourself-and-live-forever.html

Unknown said...

comment ko laagi dhanyabad !