Apr 7, 2009

नाता (कथा)


लघुकथा
- सुमन दाहाल



सडकमा भिड लागिरहेको थियो । मानिसहरु बढ्दै थिए । किन त्यसरी भिड लागेको होला भनेर अशेषलाई कौतुहलता लाग्यो । ऊ पनि त्यही भिड तिर लम्कियो । त्यहाँ पुग्न नपाउँदै एकजना बृद्ध आएर किन त्यसरी भिड लागेको होला भनी प्रश्न गर्यो । यस बारेमा थाहा नभएतापनि अशेषले अड्कल लगाउँदै भन्यो ऊ त्यो सेतो रङ्ग लगाएको घर मा बस्ने केटाले पुरस्कार जितेछ र त्यही भएर भिड लागेको होला । उसको जवाफ सुनेर ती बुढा हाँस्दै भने "वास्तवमा बाबु ! त्यो केटो बढो भाग्यमानी छ । ऊ मेरो बुहारी को आफ्नै मामाको छोरी को साथीको छोरा हो ।"

त्यसपछि ती बुढा 'केटो'ले कति जितेछ भन्ने उत्सुकता बोकी भिडलाई छिचोल्दै भित्र पसे । अशेष पनि ती बुढाको पछिपछि लाग्यो । ती बुढाले अर्को एक जनालाई कति जितेछ हँ बाबु त्यसले भनी प्रश्न गर्यो । तर उसले वास्तविकता ओकल्दै भन्यो "कहाँ जित्नु त्यसले पुरस्कार । बगली मार्दा-मार्दै पकि्रएछन् र पुलिस कहाँ लैजान लागेका त्यस फटाहालाई । त्यसपछि ती बुढा कड्किँदै भने पक्रनै पर्छ त्यस्तालाई । अनुहार हेर्दै चोर जस्तै छ । यस्तालाई त बेस्सरी भकुरेर थानामा लगेर थुनी दिनु पर्छ ।" यो सब सुनिरहेको अशेष तीन छक्क पर्यो !

2 comments:

Basanta said...

चेखोवको 'छेपारो' को याद आयो मलाई।

SaNtOsH ShReStHa said...

Geevan ko sabvanda thulo chig nai naata r sambadha raheko le malai ekdam man prayo.



santosh shrestha
Bahrain