सारा धक फुकाएर
आफैंलाई उप्काएर
कागज भित्र कोरिन्छ
अक्षरका ती लामहरुमा ।
तर्क र विर्तकको संज्ञा लगाई
शब्द र परिभाषाहरुबाट
झोल झैं ऊ छानिन्छ
मस्तिष्कका रङ्गिन जालीहरुमा ।
बाक्यांशका लहरहरु भित्र
अक्षरका मूल्यहरुमा
प्रत्येक पल्ट ऊ फेरिन्छ
हेराइ र दृष्टिको मोलमा
भिन्न प्रकाशमा
भिन्न मुहारका
आँखाका अनौठा स्पर्शहरु पश्च्यात
सुरक्षित साथ सेफ र र् याकमा सजिन्छ ऊ ।
No comments:
Post a Comment