Mar 17, 2009

म एक तन्नेरी मोनालिसा (कबिता)


- सबिना सिन्धु



सम्भावनाको भविष्य लम्कँदै

जिन्दगीको खाता पल्टाउँदैछे

समयको परिशिष्ट भित्र

जोडफल र योगफलको

अङ्कगणितमा बाँधिएकी

तन्नेरी मोनालिसा ।



जागि्रत मोनालिसा हाँसेर

बग्दैछे माथि छहराबाट

हामफाल्न तयार भएको

झरनाको श्वेत पानी झैं ।



आवश्यकताका सूचनाहरु पढ्दै

आकृतिहरुकी मोनालिसा

दियोमा बल्दै छे

सतीमा होमिएको

एक जिउँदो लाश भएर



……म र म जस्तै

एक तन्नेरी मोनालिसा ।



- साभार
'सुर्योदयको क्यानभास' कविता सङ्ग्रह २०६१ बाट

Feb 12, 2009

मोफसल साहित्य र जसराज किराती







हिमनदीहरु बोकेर मेरो शरीर बगिरहेछ

म हिमाल भइरहेछु

कहीँ म ढुङ्गाबाट ओर्लिएको हुँ

कहीँ म रुखबाट झरेको हुँ

अक्सर पग्लिएर

बगेर

पहाडकी केटीलाई जिस्काउँदै÷जिस्काउँदै हिँडिरहेको हुँ ।



- पृष्ठ ८५



पहाडकी केटीले छिटको गुन्यू लगाएकी छे । उसको कम्मरमा पटुकी भएर सपनाहरु बाँधिएका छन् । दशहजार सूर्यका पाइतालाहरु कपालमा सिउरिएर ऊ एक डोको जून बोकेर हिँड्छे । जसराज किरातीका प्रतिनिधि कविताहरु मा उल्लेख भएकी त्यो केटी एक अँगालो क्षितिजको घाँस काटेर दश अँगालो जुनेली बटुल्छे । हिजो बेलुकी मात्रै हो ऊ एकपेट मरुभूमि बोकेर हिउँहरुमा चिप्लेटी खेल्दै घर फर्की । कवि चाहन्छन् पहाडकी केटीले आफू जस्तै हिमाल जन्माओस् । त्यो नयाँ हिमालसँग बोल्न सक्ने ओठ हुनेछ । त्यो हिमालसँग हिँड्न सक्ने पाइताला हुनेछ । अक्सर त्यो बालक अर्थात ुहिमालु योद्धा जस्तै बहादुर र फरासिलो देखिने छ । त्यस बालकले गीत गाउने छ । त्यस बखत कवि लाटो भएर उभिने छैनन् । न त चिसो हिउँ भएर पग्लिेने छन् । त्यसबखत उनको शरीरमा जीवनको रंग चढ्नेछ र उनी रफ्नि हुनेछन् ।

आफैं बगिरहेका छाल रोकेर उनी पहाडकी केटीलाई हिमाल जन्माउन दिन्छन् र एक अँगालो छोरो समातेर झुल्के घामजस्तै मुसुक्क हाँस्छन् । यी जसराज किराँती मोफसलमा फस्टाएर देशभरी चिनिएका कवि हुन् । खोटाफ् उनको जन्मस्थान र कर्मस्थान हो । उनको अर्को कविता 'मरिसकेपछि लेखेको कविता' विषालु च्याउ खाएर मर्ने महिलाहरुको संझनामा लेखिएको छ । उनी लेख्छन् - गरिबीकै कारण वि।सं २०१४ सालमा विषालु च्याउ खाएर आत्महत्या गर्ने चार महिला मध्ये दुई महिला जम्ल्याहा थिए । उनीहरुको नाम गंगा र जमुना थियो । मृत्युपछि गाउँलेहरुले उनीहरुको झुप्रो भत्काईदिए । यससँगै उनले गाउँका समाचारहरु जोडेका छन् । जस्तै पत्थरे काका मुग्लान पसेको ललिते कान्छा मरेको बर्खा लागेपछि गाउँलेहरु बारी जोत्न मोरफ् पुगेका हिउँद लागेपछि भरिया काम गर्न भोजपुर गएका । कविता भित्र जिवन र मृत्युका बारेमा उनी लेख्छन् ' ठूलो साँझपरेपछि ÷ मृत्युको भागवण्डा लगायौं ÷ मृत्युलाई पित्तलको बटुकोमा राखेर तन्तनी पियौं । '

उनको अर्को कविता 'म जन्मिन सक्छु मा उनी बरफले थिचेर मर्दै गएका उमेरहरु र आफ्ना रहरहरुलाई दुर्घटनाग्रस्त कुनै सहरजस्तै भत्किएर पुरिएको देख्छन् । हिउँ परे जस्तै लाग्छ उनलाई जिन्दगी शरीर माथि । अनि उनी लेख्छन्ूदेख्छु- धेरै स्वरहरु ढुङ्गाले थिचेका छने÷धेरै आवाजहरु निस्लोट रगतका कतारोमुनि मिचिएका र कुल्चिएका छन्÷यस मानेमा म बसेको देश भत्केको छ 'अर्को कविता' टेबुलमाथि वसन्त ' अर्को उत्कृष्ट कविता हो । 'कुसर्ीको पिठमा ओभरकोट झुण्डाएर÷ऋतु पल्टिन आउँछ-टेबुलमा÷चिप्लेकीराको आकृतिमा ऋतु घिसि्रन्छ टेबुल पीसमा र मर्छ÷पेपरवेट खिस्स हाँस्छ । ू

यसरी शब्द खेलाउन सक्ने र उचित शब्दलाई उचित स्थान दिन सक्ने कला जसराज किराँतीमा छ । उनका सिर्जना खारिएका छन् । गद्य शैलीका कवितामा पनि नजानिँदो लयात्मकता छ । बिम्ब र प्रतिक सरल हुँदा-हुँदै पनि शक्तिशाली छन् । तिनको प्रयोगमा मौलिकपन छ ।'सानो जूनकीरी' कवितामा उनी भन्छन् 'कुनै दिन÷आँखाकै छेउमा बसेर मलाई हाँस्न भनेका थियौ÷ऊ बेला मैले÷मभित्र÷सङ्लो छहरा भएर बगुँला भन्ने सोचेँ क्यारे'

वि।सं २००२ सालमा बुईपा - ६ खोटाफ्मा जन्मिएका कवि जसराज किरातीका तीन कविताकृति प्रकाशित छन् । 'उज्यालो खोज्ने आँखाहरु २०३६ जसराज किरातीका कविता २०५७ र जसराज किरातीका प्रतिनिधि कविताहरु २०६५ ।


Feb 11, 2009

एक पुस्तक र एक लेखक
- सबिना सिन्धु



सारा धक फुकाएर

आफैंलाई उप्काएर

कागज भित्र कोरिन्छ

अक्षरका ती लामहरुमा ।



तर्क र विर्तकको संज्ञा लगाई

शब्द र परिभाषाहरुबाट

झोल झैं ऊ छानिन्छ

मस्तिष्कका रङ्गिन जालीहरुमा ।



बाक्यांशका लहरहरु भित्र

अक्षरका मूल्यहरुमा

प्रत्येक पल्ट ऊ फेरिन्छ

हेराइ र दृष्टिको मोलमा



भिन्न प्रकाशमा

भिन्न मुहारका

आँखाका अनौठा स्पर्शहरु पश्च्यात

सुरक्षित साथ सेफ र र् याकमा सजिन्छ ऊ ।


Jan 9, 2009

It's me !


<

संस्कृतिमा रमाउँदै किराँती





संस्कृतिमा रमाउँदै किराँती - सबिना सिन्धु



राई लिम्बु जस्ता देखिने युवा-युवती मस्तसँग नाचिरहेका थिए । बेमौसम नै भए पनि आकाश कालो भएर पानी वर्षिन थालेको थियो । युवा-युवती कति पनि बिचलित थिएनन् । बरु रमितेहरु छाता ओढेर भएपनि मनोरन्जन लिइरहेका थिए । ूबिहानै देखी पो शुरु भएको रहेछ त नाच !ू गोलमटोल अनुहार र स्टाइल पारेर छोट्याइएको कपाल भएकी राम्री युवतीले भनिन् ।ू छोटो टिसर्ट निलो जिन्समा सजिएकी ती युवतीलाई नृत्य पोशाकको आवश्यकता परेन । उनी नाच्नेहरुको हुलमा मिसिएर नाच्न थाल्दा मात्र थाहा भयो उनी नाच्न खप्पिस रहिछिन् । बैशाख पूर्णीमा र मंसिर पूर्णिमाको अवसर पारेर राइ लिम्बु सुनुवार र याख्खाहरुले मनाउने रमाइलो पर्व रहेछ यो साकेला÷साकेवा पर्व । नयाँ पुस्ता पनि आफ्नो संस्कृति प्रति यति साह्रो सजग होलान् भन्ने लागेको थिएन । पानी रोक्किइसकेको थियो । दुइ चार जना चिने जानेका साथीहरु देखिन थाले । ती मध्ये कोही त्यही हुलमा गएर नाच्न थाले । कोही थपडी बजाएर रमाइलो गर्न थाले । एक दुइ पटक साँस्कृतिक कार्यक्रम हेर्न जाँदा संयोगबस् यो नाँच पनि हेर्ने मौका पाएको थिएँ । ूआउनुस् न बहिनी तपाईँ पनि नाच्नुसू मेरो हात तान्दै एक अधबैंशे महिलाले भनिन् । ूनाच्न होइन म त नाच हेर्न आएको हुँू मैले भनेँ । उमेर पुगेका युवा युवतीको त कुरै छोडौं सात -आठ वर्षका बालबालिका पनि नृत्य पोशाक लगाएर उस्तै गरी नाचिरहेका थिए । यस पर्वलाई उधौली र उभौली गरी दुई भागमा विभाजन गरीएको रहेछ । बाली लगाउने मकै रोप्ने समयमा प्रकृतिको पूजा गरी प्रकृतिलाई खुशि पार्नको लागि वैशाख महिनामा र अन्नबाली पाकी सकेपछि प्रकृतिलाई कृतज्ञता ज्ञापन गर्न अन्न चढाउँदै मंसिर महिनामा मनाईँदो रहेछ । वैशाखमा मनाइने पर्वलाई उँभौली र मंसीरमा मनाइनेलाई उधौली भनिँदो रहेछ ।

ूराइ लिम्बु सुनुवार याख्खा आदि जातिको नृत्य गर्ने शैली भिन्दा-भिन्दै हुन्छ ।ू नृत्य हेर्न आएका चन्द्रवीरले भने । साँस्कृतिक पर्व हुँदा-हुँदै यो मनोरन्जनात्मक पर्व पनि हो । समयको माग अनुसार आफुलाई परिमार्जित गदैर््र आएका यस समुदायले आफ्नो संास्कृतिक चेतना नयाँ पुस्तामा सन्चार गर्न भुलेका रहेनछन् भन्ने कुरा कलिला बालबालिकाले पनि नृत्य प्रस्तुत गर्न खोजेबाट प्रष्टिन्छ । पन्ध्र दिन सम्म मनाइने यस पर्वले प्रकृतिपूजा अथवा प्रकृति प्रति विशेष आस्था राखेको छ । किराँतीहरु पारोहाङ्ग अर्थात शिव र सुम्निमा अर्थात पार्वतीलाई सम्झिन्छन् । यस बाहेक कुल पूजा गरी मृतात्माको शान्तिको कामना गरिन्छ । समाज र राष्ट्रमा शान्ति होस् मानसम्मान इज्जत कमाई्र हर्ताकर्ता हुन पाइयोस् भनी बाजागाजा सहित धर्तीमाताको पूजा गरी साकेला नाचिन्छ । नृत्य गर्दा बीचमा खम्बा गाडी त्यसमा स्याउला बाँधेर सामुहिक रुपमा फूलपाती लिई वृताकार घेरोमा बसी नृत्य गरिन्छ । एक परिवारबाट कम्तिमा पनि एक जना नृत्यको निम्ति सामेल हुनुपर्छ । युवा बृद्ध महिला पुरुष सबैले उत्साहपूर्वक मनाउने यस चाडले किराँती समुदायको धार्मिक र साँस्कृतिक परम्परालाई सुदृढ बनाउन सहयोग पुर् याएको देखिन्छ ।

साँस्कृतिक अधिकारको नारा सहित किराँत राईले यस अवसर पारेर मोटरसाइकल र् यालीको आयोजना गरेका थिए । ललितपुरको महालक्ष्मी स्थानबाट प्रारम्भ भएको उक्त र् यालीको आयोजना ुयायोक्खाु संस्थाले गरेको थियो ।




बिज्ञान नाटक लाशघर




लासघरलाई एकाङ्की वा लघुनाटक जे भने पनि यो प्रदर्शनका लागि छोटो र रमाईलो नाटक हो । विज्ञान चमत्कार मात्र होइन बौद्धिक ब्यक्तिले विज्ञानको माध्यमबाट आफुलाई सिर्जनात्मक बनाउन सक्छ जसलाई उसको कल्पनाशक्ति भन्न सकिन्छ । एउटा लासघर जहाँ कम्प्युटर छ टेलिफोन छ कोठामा लासहरु छरिएका छन् । विभत्स अबस्थामा छन् ती लाशहरु कसैको हात छैन कसैको गोडा छैन । त्यहाँ रगत र घाउहरु देखिन्छन् । लाशमा रुपान्तरित भएका शरीर हेर्दा -हेर्दा जिवित ब्यक्तिहरु पनि लाश भइसकेका छन् ।

लाशहरु माचमा चल्मलाउँछन् । ती मध्ये लाश बनेको सुत्रधार जुरुक्क उठ्छ र दर्शक सामु प्रस्तुत हुन्छ । एक क्रान्तिकारी युवक जुलुसमा हिँड्दा हिँड्दै अकस्मात मर्यो र लाशमा परिणत भयो एउटी गर्भवती महिला अस्पतालमा प्रसव ब्यथाले छट्पट्टिँदै मृत्यु वरण गर्न पुगिन्

एउटा वैज्ञानिक प्रयोगशालामा काम गर्दा गर्दै आगो लागेर लासमा परिणत भयो अर्को ब्यक्ति गाडि गुडाउँदा-गुडाउँदै ……… मानिसको मरण जुनसुकै अबस्थामा जुनसुकै समय हुनसक्छ ।

लाशहरुमा पनि जिवित हुने इच्छा हुन्छ ।

लास ५ ले लास २ लाई बिहेको प्रस्ताव राख्छू हामीले बिहे गरेको कुरा हामी पाँच मध्ये कसैलाई थाहा हुँदैन । हामीले बिहे गरेको थाहा पाएर न त तिम्रो श्रीमान् नै यहाँ आउन सक्छ न त मेरी श्रीमती नै ।ू लाशहरुको बिहे गर्ने इच्छा नाटकारको चलाखी हो । लाशहरुले आत्माबाट डिर्भोस भईसकेको अनुभव गर्छन् । लास ३ ले कम्प्युटरबाट लाशहरुको आत्मा ुसर्चु गर्छ । यी लाशहरुले जिउँदो बन्न सकिन्छ की भनेर सम्भावनाहरु देख्छन् । कम्प्युटर मार्फत युनिर्भसमा ुइन्टरु गर्न सकियो भने ुआत्माु पत्ता लाग्न सक्छ । ती आत्मालाई पुन ः शरीरसंग आबद्ध गराउन सकिन्छ र हामी जिवित बन्न सक्छौं । मर्नु अघि वैज्ञानिक रहेको लासले ब्यक्त गरेका कुराहरु सुनेर अन्य लाशहरुले उसको बुद्धिको प्रशंसा गर्छन् । लाशहरुले सपना देख्छन् जिवित भएको स्थितिको ।

लास २ महिला ले बाँच्न पाए श्रीमान छोराछोरीको राम्रो हेरविचार गर्ने इच्छा ब्यक्त गर्छे लास ५ ले चुनाव जित्ने अपेक्षा गर्छ र लास ४ ले गाडि चलाएरै परिवार पाल्थेँ र परिवारको मुस्कानमा रमाउँथेँ भन्छ । सपना बुन्दा बुन्दै निर्धारित समय समाप्त हुन्छ र लाशहरु लाश बाहेक केही रहँदैनन् । अन्त्यमा सुत्रधार कम्प्युटर चलाउन थाल्छ माचमा प्रकाश फैलिन्छ । सुत्रधचार अरु लाशहरु झैं ढल्मलाउन थाल्छ र सबै लाशहरु माचमा ढल्छन् । नाटककार गोपी सापकोटाको खरानी नाटक सङ्ग्रह भित्रको लासघर नाटक हो यो । विज्ञानका चुनौतिलाई सिर्जनात्मक पाराले गोपीले यसरी प्रस्तुत गरेका छन् की नयाँ युगका वैज्ञानिकहरुका लागि यो खोजी र आविश्कारको विषयवस्तु बन्न सक्छ । के यो कल्पना सार्थक हुने सभ्भावना शुन्य प्रतिशत नै छ त जैविक र प्राकृतिक प्रकि्रयाबाट एउटा जीवन अस्तित्वमा आउँछ र आखिर लाश भएर निर्जिव बन्छ । जिवन र जगतका प्राकृतिक प्रकि्रयालाई खोजी गर्न वैज्ञानिकहरुलाई झक्झकाएको छ गोपीको यस नाटकले ।

पूरानै शैलीका नाटकहरुको पुनरावृत्तिले दशर्क÷पाठकलाई निरस तुल्याएको वर्तमान अबस्थामा गोपीको यो नाटकले नयाँ पनको खोजी गरेको छ । नाटककार अशेष मल्लले भने झैं ूगोपीको लासघर नाटक भूगोलको दृष्टिले सीमित घेराभित्र छैन । माचनको सन्दर्भमा यो नाटक प्रभावशाली हुन सक्तछ त्यो निर्देशनको क्षमतामा भर पर्ने पक्ष हो तथापी निर्देशकीय सम्भावनालाई गोपीले प्रशस्त ठाउँ दिएका छन् । यो यस नाटकको सफलता हो ।ू




यात्री का मान्छे मान्छे हरु






भाद्र कृष्णअष्टमीका दिन उदयपुरको कटारीमा जन्मिएका कृष्ण शाह यात्री रङ्गमाचीय यात्रामा छन् । मानिसले भोग्ने गरेको जीवन नै रङ्गमाच हो जहाँ विविध पात्रहरु भेटिन्छन् जसले कथाहरु जन्माउँछन् । ती कथालाई अभिनय मार्फत पात्रहरुले जीवन्त तुल्याउँछन् र माचन पश्च्यात नाटक सजिव भएर उभिन्छ । कलाकारको अभिनय शिल्प जति आवश्यक ठानिन्छ त्यही नै नाटकको कथावस्तु उत्कृष्ट हुनु आवश्यक छ । रङ्गमाचका चुनौतीहरुलाई छिचोल्दै करिब डेड दशक देखि नाटक विधामा आफुलाई संलग्न गराउँदै आएको नाम हो कृष्ण शाह यात्री । उनी जस्तै युवाहरुको सकि्रयतामा मात्र सुस्ताउन खोजेको नाटक विधाले नयाँ उर्जा प्राप्त गर्न सकेको हो । २०५६ सालमा ुसुक्ष्म शिखाहरु - लघुकथासङ्ग्रह २०६१ सालमा ुसमय अवसानु- नाटक सङ्ग्रह २०६३ सालमा- ुरङ्गकर्मी हरिबहादुर थापाु-जीवनी सङ्ग्रह २०६४ सालमा ुआणविक अस्त्रु-लघुकथा सङ्ग्रह पश्च्यात पाँचौ कृतिको रुपमा २०६४ सालमा मान्छे÷मान्छेहरु प्रकाशित भएको छ ।

ुनेपथ्यबाटु नाम दिएर भूमिकामा विप्लव ढकाल भन्छन् ूपछिल्लो कालप्रवाहमा उनी र उनी जस्तै सचेत नाट्यकर्मीहरुको समर्पित साथ पाएर नेपाली नाटक र रङ्गमाचको बाँकी इतिहास निर्माण भइरहेको छ ।ू प्रारम्भमा आफ्नै गृह जिल्ला उदयपुरमा प्रस्तुत हुने गरेका नाटकबाट प्रभावित भई रङ्गमाच क्षेत्रमा लाग्ने प्रेरणा प्राप्त गरेको बताउँछन् । २०४८ सालमा मोदनाथ प्रश्रितद्धारा लिखित ुआमाको काखु नाटक निर्देशन गरेपछि सुरु भएको उनको औपचारिक यात्रा केही समय पूर्वााचलमा सिमित रह्यो । बालकृष्ण समको ुप्रेमू सरुभक्तको ुकोलाजु अशेष मल्लको ुहारेका मान्छेहरु नाटक निर्देशनको अनुभव बटुलेका कृष्ण शाह यात्रीको पृथक नाटक हो ुमान्छेमान्छेहरु । नेपाल बहिरा संघका कलाकारहरुलाई लिएर तयार पारिएको साङ्केतिक भाषाको यस नाटक राष्ट्रिय नाटक महोत्सवमा २०५८ सालमा उत्कृष्ट भयो । सोही नाटकको नामबाट नाटक सङ्ग्रहको नाम पनि मान्छेमान्छेहरु राखिएको हो । उनान्सय पृष्ठको यस नाटक सङ्ग्रहमा ुक्रमश ःनायिकाहरु ुविस्थापनु ुमहापात्रु लगायत आठवटा नाटकहरु सङ्ग्रहित छन् ।

ुक्रशम ः नायिकाहरु ु नारीवादी नाटक हो जसमा आफ्नो पवित्रताको प्रमाण दिन सीता भएर युगौं देखि नारीहरुले अग्नी परिक्षा दिइरहेका छन् । सीता र राधा जस्ता पौराणीक पात्र मात्र नभई मोनिका जस्ती आधुनिक समयकी युवतीले समेत उसैगरी अग्नी परिक्षा दिनुपरिरहेको छ । मोनिका मोडल हुन् जसलाई आयोजकहरुले सामानको विज्ञापनमा प्रयोग गर्छन् । उनीहरु विचारलाई होइन सुन्दर आवरणलाई सम्मान गर्छन् । उमेर ढल्किसकेपछि भने उनीहरुको अवस्था भिन्दै हुन्छ । पाँच वर्ष सम्म नुहाउने साबुनको विज्ञापन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिसकेकी मोनिका आफ्नो अस्तित्वको पहिचान गर्न खोज्छिन् । पौराणिक युगका सीता राधा र आधुनिक युगकी मोनिका मिलेर पुरुषहरुको अग्नि परिक्षा लिन तयार हुन्छन् । अग्नि परिक्षामा पुरुषहरु पवित्र ठहरिए वा ठहरिएनन् यस विषयमा भने नाटककार किन मौन रहेका हुन्

त्यस्तै ुविस्थापनु भित्र नेपाली मूलका अमेरिकी नागरिक धनाजय नेपाली अर्थात धने को परिवारको कथा छ । यस नाटकमा भने नाटककारले बौद्धिकता तर्किकता र कल्पनाशक्तिलाई यथेष्ट मात्रामा प्रयोग गरेका छन् । ट्याब्लेट खाएर भविष्यवाणी गर्न सक्ने क्षमता विकास गर्छ वैज्ञानिक छोरो डा।आर।डि ले । तेश्रो विश्वयुद्धको घोषणा हुनु रिदम र लिना बीचको प्रेम र त्यसको भयावय रुप आदि विषयवस्तुमा नाटककार सफल देखिन्छन् । यस नाटकलाई कथा वस्तु पात्र छनौट र संयोजनको हिसाबले सङ्ग्रह भित्रकै उत्कृष्ट नाटक हो भन्न सकिन्छ । ुशब्द सङ्ग्रामका योद्धाहरु देशभक्तिपूर्ण नाटक हो । ुनिजी आँखाहरु नारीवादी नाटक हो । त्यस्तै ु असम्बन्धुले हिमाली भेगमा विद्यमान बहुपती प्रथालाई औंल्याएको छ । वि।सं २०६४ सालमा विवेक सिर्जनशील प्रकाशन प्रा।लि।ले प्रकाशनमा ल्याएको मान्छे÷मान्छेहरु कृतिको मूल्य रु पचहत्तर राखिएको छ ।


घनश्यामको कोपिला


घनश्यामको कोपिला br>
चाहे आओस आँधिबेरी चाहे परोस् झरी

सँधै भरि परिश्रममा जुटेकै छ मौरी ।

- माहुरी कविता पृष्ठ ५



घनश्याम खड्काको कोपिला बालकविता सङ्ग्रहबाट उद्धरित अंशहरु हुन् यी । बालक झैं बनेर युवा कविले तीसवटा कविता रचेका छन् । हिउँद जून मौरी पानी तुषारो फूल तोरिबारी हिमाल जस्ता समान्य विषयवस्तु कविताका शिर्षक बनेका छन् । विद्यालय पढ्ने जुनसुकै उमेरका बालबालिकाले पनि यसलाई रुचाएर पढ्न अथवा बुझ्न सक्ने छन् भन्ने आशा लिन सकिन्छ । कवितासंगै रमाइला तस्विरहरु छन् जसले बालबालिकालाई आकर्षित तुल्याउँछ । ुमेरो कुराु शिर्षक दिएर घनश्याम आफ्ना भावना बालबालिकासंग यसरी पोख्छन् ूचित्रको आकाश झन् बढी रङ्गीन हुन्छ रे । कथाको राजकुमार झन् बढी सुन्दर । तिमीले देखिराखेको ुजूनु पनि कवितामा झन् बढी चहकिलो हुन्छ ! कला भनेको यस्तै हो । देखिराखेकै कुरा नौला र राम्रा लाग्छन् । ू हुन त घनश्यामको यो ब्यक्तिगत भनाई हो तर यर्थाथमा बालबालिकाका लागि चित्र अङ्कित कविता रमाइला लाग्छन् जसले मनोरन्जन र बौद्धिकता दुवै प्रदान गर्छ । हिउँद शिर्षक कवितामा आमाले हिउँदको बखत छोरालाई गलबन्दी लगाईदिन बोलाएकी छिन् । हिउँदमा रातभरि शीत पर्छ र दिउँसो पनि बादल लाग्न थाल्छ । हातखुट्टा कठ्याङ्गि्रने र ओठ फुट्ने समस्या देखा पर्छ । यस्तो समयमा भाइबहिनीले न्यायो गरेर बस्नु पर्छ । ुखरायो हो चलाखु शिर्षक कवितामा कान ठाडो पारेर खरायो आउँछ र कवि पक्कै डरले गर्दा यसको कान ठाडो भएको होला भन्ने अन्दाज लगाउँछन् । बाँझो खेतलाई रोपेर अन्न फलाउने परिश्रमी किसानले गरेको माटो प्रतिको मोह छ ुकिसानु कविता भित्र ।

बालबालिकाका लागि घर पछिको अर्को प्यारो घर मामाघर हो । उनीहरुले मामाघर जाने चाहना राख्छन् । यस्तै चाहनाको प्रतिबिम्ब भेटिन्छ ुमेरो मामाघरु कवितामा । बाख्राको पाठोलाई केटाकेटीको भाषामा ुमनेु भनिन्छ । मनेसँग खेल्न पाएर दङ्ग परेको बालकको चित्रण छ ुमने मेरो साथीु कवितामा । त्यस्तै ुमेरी हजुर आमैु भित्र हजुरआमाले नाती प्रति ममता पोखेकी छिन् । मिलनसार साथीको खोजी भएको छ ुसाथी हुन् त असल ु भित्र । ुघडी चरोुले समयको मूल्यलाई अवगत गराउँछ ुहिमालुले प्रकृति प्रति केटाकेटीको उत्साहलाई बढाउन खोजेको छ र ुदेखें सपनीुले सपनामा डरलाग्दो कुकुरले टोकुँलाझैं गरेर हेरेकोले सपनीमै रोएको रमाइलो प्रसंग छ ।

बत्तीस पृष्ठको यस कविता सङ्ग्रह भित्र समेटिएका कविताहरु सरल र सरस छन् तर कविताका लागि चित्र बनाउने चित्रकारको नाम भने कहीँ कतै उल्लेख छैन । विवेक सिर्जनशील प्रकाशन प्रा।लि।ले प्रकाशनमा ल्याएको यस कविता सङ्ग्रहको मूल्य रु तीस राखिएको छ ।


Jun 22, 2008

समयको पाठशाला




समयको पाठशाला - सबिना सिन्धु



आदिम सपना समेटेर समयसंग हारेकी
ए कमजोर केटी
थाहा छ जीवनको रङ्ग कस्तो हुन्छ अनि समयको पाठशाला नि ?

उही गहुँ गोरो आकृतिले कसरी पच्छ्याउँछ मान्छेलाई
र जबरजस्ति इतिहास बनाउन खोज्छ ।
गतिशिल तर बुख्याँचा जस्तै अडिएर
कसरी उर्लिन्छ जीवनको नदी…। अनि भत्काउँछ सपना ।

थाहा छ समयको घोडा कसरी दौडन्छ र लडाउँछ मान्छेलाई !
विचार शुन्य भएर कसरी खण्डहर बन्छ मान्छे

तर…………… निर्माणका लागि भत्किन्छन् सपना
धमिला साइनो माझ अल्झिन्छ जिवनको गीत ।

अनि
बुढो बादलबाट बैजनी रङ्ग आशाको त्यान्द्रो भएर उठ्छ
र बाँच्नुको नाममा नयाँ सुरुवात गाँसेर जान्छ ।
पहाडको आँखा हुँदै खुल्छ जून निभेको शहरमा सडकको गीत ।
पुनरावृत्त भएर धेरै पूरानो उज्यालो पानीको थोपा आगो भएर उघ्रन्छ ।
रङ्गिन धागोले निस्फिक्री जोडिदिन्छ फूलहरुको जिवन ।

सम्भावनाका सुकिला टुक्रा यसरी छरपष्ट हुन्छन्
कि समय शक्ति भएर आउँछ मात्र पहिल्याउन जान्नुपर्छ ।

शक्ति पहिल्याउन नसकेकी ए कमजोर केटी
थाहा छ
मानिसहरु इतिहास बन्छन् तर जित्नेहरुको मात्र इतिहास लेखिन्छ ।

Jun 13, 2008

पाँच युवा एउटै स्वर


कृति समिक्षा



अबरुद्ध गलाहरु संयुक्त गजल संग्रह हो । यस गजल संग्रहमा एक गजलकारले थालनि गरेको शेरलाई अर्को गजलकारले आफ्नै ढङ्गले शेरहरु थपेको देखिन्छ । भाव पक्ष प्रबल र शब्दको छनौटमा बेजोड संयोग जुटेको छ । वि।सं २०३६ साललाई गजल विधाको पूनरजागरण भन्न सकिन्छ । आयातित विधा भएपनि समय सँगै परिष्कृत हुँदै हाम्रो माटोमा राम्ररी भिजेको छ । गजल विधाले फारसी उर्दू र हिन्दि हुँदै नेपाली साहित्यमा मोतिराम भट्ट मार्फत प्रवेश पाएको हो । श्रृङ्गारिक रसमा चुर्लुम्म डुबेर प्रेमिकाको सौन्दर्य र नारी शरीरको वर्णनमा रमाएको थियो यो विधा प्रारम्भमा । यस विधालाई आफ्नो मुख्य विधा बनाएता पनि संयुक्त रुपमा भिन्न तरिकाले पाँच युवाले अबरुद्द गलाहरु भित्र आफ्नो कौशल पोखेका छन् । अबरुद्द गलाहरु वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यस प्रतिष्ठानका अध्यक्ष दुबसु क्षेत्री आफ्नो प्रकाशकीयमा लेख्छन्," गजलमा प्रेम प्रणयका चर्चा परिचर्चाहरु कम छन् । त्यो भन्दा ज्यादा समकालीनतालाई गम्भीर रुपमा उजागर गरिएको छ । राजनैतिक सामाजिक लगायत मानवीय जिवनका विभिन्न क्षेत्रमा वर्तमान समयमा देखापरेका विकृति विसङ्गगतिजन्य वातावरणमा सबैजना एकै स्वरमा कठोर विद्रोह तीब्र असन्तोष र सोझो ब्यङ्ग्य प्रहार गर्छन् भने समाजका राम्रा पक्षहरुप्रति इमान्दारीपूर्ण नैतिक समर्थन ब्यक्त गर्दछन् ।"

उमेरले दुई दशक पूरा गरी तीन दशक नटेकेका यी पाँच गजलकारहरुका भिन्दा भिन्दै विचारहरु एउटै शिल्पमा गाँसिएका छन् । उनीहरुको् शैली अन्य गजलकारहरुको भन्दा पृथक देखिन्छ । कतै-कतै कठोर परम्परालाई परिवर्तको सिँढी तर्फ उकाल्न खोजे जस्तो र कतै आफ्नो ब्यक्तिगत असन्तुष्टिलाई औल्याउँदै आक्रोश पोखे जस्तो ।



पैसा कमाउन सकिएन र त दुःख पाइयो

त्यसै रमाउन सकिएन र त दुःख पाइयो

-प्रभाती किरण

सोझो मनले सारा दुनियाँ सोझो देख्यो सँधै

मान्छे ठम्याउन सकिएन र त दुःख पाइयो

-लक्ष्मण गगन



गजलकारहरु आफ्ना गजलहरु भित्र चेतनाका स्वरहरु निकालेर परिवर्तनको अपेक्षा गर्छन् । कहीले मानव भएर जन्मनुको पीडालाई ुजीवन-मोह ु तर्फ फर्काउँछन् । माटो टेके पछि बाटोहरु धेरै भेटिन्छन् । तीता सत्यहरुलाई बोध गर्ने सामथ्र्यको विकास गर्दै सर्जक चेतनाद्रारा बौद्दिक निकास खोज्छन् । सुरीलो स्वर बनाएर गायकीय शैलिमा मनोरन्जनको लागि प्रस्तुत हुने भन्दा पृथक रुपमा ठोस तर कुराकानीको शैलिमा जिवन्तता दिन रुचाउँछन् । काफियाको प्रयोगमा नौलेा र आक्रामक काफियाहरुको प्रयोग गर्छन् । उही काफियाको पूनरावृत्ती भएको छैन । बारम्बार दोहोरिरहने रदिफको प्रस्तुतिकरणमा पनि रमाइलो पन भेटिन्छ । एक गजलकारले पकि्रएको धागोमा अर्को गजलकारले फूल उन्न थालेझैँ लाग्छ र अन्त्यमा पाँच जनाको सहमतीमा पाँच शेरको सिङ्गो गजलरुपी एउटै माला बन्न पुग्छ ।





चन्डालको अनौठो चाला देखेर झस्केँ

घाँटिमा रुद्राक्षको माला देखेर झस्केँ



-रुपक वनवासी



सोचेँथेँ आज त पक्कै भेटघाट हुन्छ ।

तिम्रो दैलोमा भोटे ताला देखेर झस्केँ

-लक्ष्मण गगन



गजलमा विभिन्नता पस्कन चुकेका छैनन् यी गजलकारहरु । उनीहरु प्रेम र धोकाका मानवीय संस्कारलाई पनि पस्किन्छन् आफ्नो गल्तिलाई स्विकार गर्दै । विषयवस्तुको विविधतलाई भने मान्नै पर्छ । प्रायजसो गजलमा लयबद्धताको अभाव देखिन्छ तर यिनीहरु भाव मार्फत नै उठ्न चाहेका छन् । गजलका शेरहरु कमजोर छैनन् । कतै कोही चुक्न लागे तल्ला शेरहरुले पुनः उठान गर्न खोजेका छन् । गजलकारहरु आफ्ना भावनाहरु यसरी पोख्छन् ।



थरीथरी फूल सजाउने धोको तिम्रो

मन भित्र फुल्न सकिन गल्ती मेरैे हो

-वालकृष्ण रेग्मी



म धर्तीको धूलो जून जस्ती तिमी छुन

अलि माथि उठ्न सकिन गल्ती मेरै हो

-निर्जन मनोज



अन्त्यमा पाँच गजलकार प्रभाती किरण रुपक वनवासी वालकृष्ण रेग्मी निर्जन मनोज र लक्ष्मण गगनको संयुक्त गजल संग्रह 'अवरुद्ध गला'हरु लाई शुभकामना । उनीहरुले चाहाना राखे झैं गजल हरेकको घरमा पुगोस् गोठमा पुगोस बालकदेखि बृद्धको ओठमा पुगोस् ।

-

Just a remembarance